मंगलबार, जेठ १३ २०७७
काठमाडौं ०८:३०
वासिङटन डिसी 22:45

भर्जिनिया फेयरफ्याक्समा मापसे गरि प्रहरीको गाडीलाई पछाडीबाट दिए ठक्कर

इनेप्लिज २०७७ जेठ १० गते २०:४६ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीमा मादक पदार्थ सेवन (मापसे )गरि चलाएको एक गाडीले प्रहरीको गाडीलाई नराम्रोसंग ठोक्याई दिएका छन् ।

उक्त मापसे गर्नेको गाडी भन्दा प्रहरीको सवारी साधन ज्यादै बलियो भएकोले प्रहरीको गाडी हल्का कुच्चिएको छ भने आफ्नो गाडी कच्याककुचुक बनाएका छन् । प्रहरीले उक्त मापसे गर्ने व्यक्तिको नाम आदि भने सार्वजनिक गरेको छैन ।

फेयरफ्याक्स काउन्टी प्रहरी बिभागले उक्त दुर्घटना भएता पनि जनताहरुलाई मादक पदार्थ सेवन गरि सवारी साधन नचलाऔ भनि सशक्त सन्देश दिएका छन् ।

गत हप्ता उक्त घटना भएको हो भने फेयरफ्याक्स काउन्टी प्रहरीको गाडीलाई ट्राफिक स्टप (यातायात बिश्राम)गर्ने स्थानमा पछाडीबाट ठोक्काएका हुन् ।

त्यत्रो घटना भए पछि पनि सामान्य चोटपटक मात्र लगेको फेयरफ्याक्स काउन्टीले जनाएका छन् ।

श्रोत: एबिसी७ ,तस्बिर : फेयरफ्याक्स काउन्टी प्रहरी

प्रतिक्रिया