बुधबार, जेठ १४ २०७७
काठमाडौं ११:०८
वासिङटन डिसी 01:23

भर्जिनियाको ट्राईएङ्गल शहरमा ४ जना संदिग्धद्वारा घरमा जबर्जस्ति पसेर आक्रमण

इनेप्लिज २०७७ जेठ ८ गते ११:४९ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत प्रिन्स विलियम काउन्टीको ट्राईएङ्गल शहरमा ४ जना संदिग्धद्वारा घरमा जबर्जस्ति पसेर आक्रमण गरेका छन । प्रहरीले उक्त ति ४ जना संदिग्धको व्यापक खोजी गरि रहेको छ ।

अनुसन्धानकर्ताका अनुसार गत मे १९ मंगलबारका दिन साँझ ट्राईएङ्गल स्थित किलमेर मार्गमा पिडितको घरमा जबर्जस्ती पसेका थिए ।

जव उनीहरु भित्र पसे पछि बन्दुकको डण्डाले पछाडीबाट घरका सदस्यलाई हानेर भुईमा ढालेका थिए । संदिग्धहरुले घरवालासंग माल/सम्पत्ति मागेका थिए । तर अर्का घरका सदस्यले भिडन थाले पछि भागेका थिए ।

प्रिन्स विलियम काउन्टी प्रहरीले के-९ ईकाईलाई खोजको लागि पठाए पनि कुनै पनि संदिग्धलाई हाल सम्म फेला पारेका छैनन् । पिडितलाई सामान्य चोट लागेको छ ।

४ मध्ये प्रिन्स विलियम काउन्टी प्रहरीले २ जना संदिग्धको चित्र सार्वजनिक गरेको छ ।

श्रोत :फक्सन्युज ५,
तस्बिर : प्रिन्स विलियम काउन्टी प्रहरी

प्रतिक्रिया