बुधबार, जेठ १४ २०७७
काठमाडौं १०:०५
वासिङटन डिसी 00:20

सडक उद्घाटन गरेको विषय- “नेपालको सार्वभौमिकतामा प्रहार”

इनेप्लिज २०७७ वैशाख २९ गते ३:०३ मा प्रकाशित

नेपालको पश्चीमी सीमा जिल्ला दार्चुलाको ब्यास गाउपालिकाको लिपुलेक हुँदै चिनको तिब्बत जोड्ने सडक भारतले उद्घाटन गरेको विषय- “नेपालको सार्वभौमिकतामा प्रहार” गर्ने उक्त कदमको युएस नेपाल पोलिसी रिसर्च सेन्टर USNPRC निन्दा गर्दछ ।

भारतले एकतर्फी रुपमा ६ महिना अघि जारी गरेको नक्सा स्विकार्यताको विषय नटुङिदै नेपालको जमीनमा १९ किमी सडक बनेको छ र त्यस भुमीलाई आफ्नो दावी गरी सकेको छ ।

भारत र चिनबिच लिपुलेकपास हुँदै ब्यापारिक र धार्मिक मार्गको निर्णय र निर्माणमा नेपालको कुनै भूमिका नहुनु र नेपाल सरकारका निकायहरुले आफ्नो भुभागमा वर्षौं देखि बिदेशीले सडक निर्माण गरी रहेको विषय थाहा नपाउनु वा सार्वजनिक नगरिनुमा मुलत सरकारकै लाचारी देखिन्छ । भारतले उसबाट गरेका गल्ती सच्याउन लगाउने किसिमले नेपालले कुटनितिक पहलकदमी लिन नेपाल सरकार संग युएस नेपाल पोलिसी रिसर्च सेन्टर USNPRC आव्हान गर्दछ । वर्षौ देखि पटकपटक सीमा र नेपाललाई मर्का पार्ने काम भारततर्फबाट भए गरेका जती पनि नयाँ पुराना सबै विषय टुङ्याउने ढंगले नेपालको सरकारले प्राथमिकतामा राख्न पनि युएस नेपाल पोलिसी रिसर्च सेन्टर USNPRC आग्रह गर्दछ ।

11 May 2020

अध्यक्ष: राजन पन्त, पीएचडी                                                                                  कार्यकारी सचिव: सुमन पराजुली पीएचडी

US-Nepal Policy Research Center http://www.usnprc.org [email protected]

प्रतिक्रिया