मंगलबार, असोज ५ २०७८
काठमाडौं ०४:४०
वासिङटन डिसी 18:55

अमेरिकामा कोरोना भाइरस संक्रमणवाट मर्नेहरुको संख्या ५० हजार नाघ्यो

इनेप्लिज २०७७ वैशाख १२ गते १५:३२ मा प्रकाशित

लुइभेल, केन्टकी । अमेरिकामा कोरोना भाइरस संक्रमणवाट मर्नेहरुको संख्या ५० हजार नाघेको छ । ५० हजार अमेरिकनहरुको मृत्यु हुंदा पनि न त यसको कुनै औषधि पत्ता लागेको छ न त कुनै नियन्त्रणका लागि ठोस नीतिनै अवलम्वन गरिएको छ ।

जोन हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्ममा मर्नेहरुको संख्या ५० हजार ३१ पुगेको छ भने संक्रमितहरुको संख्या ८ लाख ७० हजार ४६८ पुगेको छ । अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्रले अव आउने जाडो मौसममा कोरोना भाइरस संक्रमण फ्लुसंग मिसिएर आउने भएकोले झन् महामारी हुने चेतावनी दिइसकेको छ ।

औषधि र नियन्त्रणको ठोस नीतिको अभावमा पनि आगामी दिनमा यो संक्रमण अझ वढ्ने संभावनालाई कसैले नकार्न सक्दैनन् । औषधि विनानै अमेरिकालाई पुन सुचारु गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले पनि संक्रमण निश्चित रुपमा वढ्ने देखिएको छ ।

प्रतिक्रिया