बिहीबार, असोज ७ २०७८
काठमाडौं १४:१५
वासिङटन डिसी 04:30

कोरोना संक्रमण बढेसंगै ३३ जना चिकित्सक टोली सुदूरपश्चिममा खटाइयो

वीरेन्द्र रावल, २०७७ वैशाख ५ गते २१:०१ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी बैशाख ५। देशका अन्य भागहरु भन्दा स्वास्थ्य सेवा र कर्मचारीको अभाव झेलिरहेको सुदूरपश्चिम प्रदेश सरकारले नोभेल कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेपछि काठमाण्डौबाट थप चिकित्सकको टोली झिकाएको छ ।
कोरोना संक्रमणले दोस्रो चरण पार गरिसकेको र सबै भन्दा बढी कैलाली लगायत सुदूरपश्चि प्रदेश उच्च जोखिममा रहेको अवस्थामा सुदुरपश्चिम प्रदेश सरकारले शुक्रबार मात्रै कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि ३३ जना चिकित्सकको टोली सुदूरपश्रुचिम यति यअरलाईन्सको जहाज मार्फत धनगढीस्थित गेटा विमानस्थलमा उतारेको छ।

सुदूरपश्चिम प्रदेश सरकारको आग्रहमा नेपाल सरकारले कोरोना संक्रमितको उपचारका लागि ३३ चिकित्सकलाई सुदूरपश्चिम पठाएको कुरा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताउनु भएको छ।

शुक्रबार ३३ जना चिकित्सकको टोली धनगढी पुगिसकेकोर उनीहरु सबैको व्यवस्थान र परिचालन प्रदेश सरकारले गरिने कुरा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिनु भएको छ ।

३३ जना चिकित्सकहरु कोरोना संक्रमितको उपचारमा खटिने मन्त्री सुवेदीले बताउनु भयो । ३३ जना चिकित्सक शनिवारका दिन सुदूरपश्चिमका विभिन्न जिल्लामा खटाइने भएको पनि मन्त्री सुवेदीले जानकारी दिनुभएको छ।

सुदूरपश्चिम स्थित सामाजिक विकास मन्त्रालयले अछाम जिल्लामा तीन,दार्चुला तीन,बैतडीमा तीन,डडेल्धुर (तीन बझाङमा दुई,कैलालीको टीकापुरमा दुई,
कञ्चनपुरमा चार र कैलालीको धनगढीमा १३ जना चिकित्सकहरुलाई परिचालन गरिने पनि जनाएको छ ।

प्रतिक्रिया