शुक्रबार, चैत २१ २०७६
काठमाडौं ११:२०
वासिङटन डिसी 01:35

डिसी महानगर क्षेत्रमा १ हजार भन्दा ज्यादा मानिस कोरोना भाइरसबाट संक्रमित ,वृद्धि तीब्र

इनेप्लिज २०७६ चैत १३ गते ०:५२ मा प्रकाशित

डिसी महानगर क्षेत्रमा एक हजार भन्दा ज्यादा मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । साथै मेरिल्याण्डका बिद्यालयहरु कम्तिमा अप्रिल २४ सम्म बन्द रहने भएको छ ।

यसै गरि डिसी महानगर क्षेत्र(मेरिल्याण्ड,डिसी र भर्जिनिया)मा बुधबार दिउसो सम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या झन्डै १ हजार पुगेको छ । यस क्षेत्रमा एकै दिनमा यति ज्यादा संक्रमित भएको यो पहिलो अभिलेख हो ।

मेरिल्याण्डका स्वास्थ्य अधिकारीहरुले राज्यमै कूल ४२३ जना कोभिड-१९ संक्रमित भएको जानकारी दिएका छन् भने एक दिन अगाडी भन्दा अहिले ७४ वटा नया संक्रमित वृद्धि भएको बताएका छन् ।

मेरिल्याण्डको मोन्टगोमेरी काउन्टीमा १२७ जना संक्रमित भएका छन भने मेरिल्याण्ड राज्य मै सर्वाधिक आधा भन्दा ज्यादा उक्त काउन्टीमा संक्रमित भएका छन् । यसै गरि मेरिल्याण्ड राज्य कै प्रिन्स काउन्टीमा ७६ जना संक्रमित रहेका छन् ।

हाल सम्म मेरिल्याण्डमा ४ जनाको ज्यान गइ सकेको छ भने जस मध्ये प्रिन्स काउन्टीमा २ जना मानिस ,बाल्टिमोरमा १ जना मानिस र मोन्टगोमेरी काउन्टीमा १ जना महिलाको ज्यान गएको छ ।

यसै गरि गरि भर्जिनियामा पनि संक्रमण वृद्धि ह्वात्तै बढेको छ । हाल सम्म भर्जिनिया राज्यमा ३९१ जना संक्रमित छ भने २४ घण्टा भित्र १०१ जना संक्रमित भएका छन् ।

भर्जिनियामा कोभिड-१९ भएका करिव १५ प्रतिसत अर्थात् ५९ जनालाई अस्पतालमा भर्ना गरिएको छ । डिसी महानगर क्षेत्रमा सर्वाधिक १२ जनाको मृत्यु भएको छ । हाल सम्म वाशिंगटन डिसीमा २ जनाको मात्र मृत्यु भएको छ ।

गत मंगलबार मार्च २४ का दिन डिसीमा कूल १८३ जना कोरोना भाइरस बाट संक्रमित भएको भने एकै दिनमा ४६ जना संक्रमित भएका छन् ।

श्रोत :डब्लुटिओपि

प्रतिक्रिया