बुधबार, असोज ६ २०७८
काठमाडौं १९:३६
वासिङटन डिसी 09:51

भारतमा ट्रम्पको स्वागतको लागि “नमस्ते ट्रम्प” कार्यक्रमको आयोजना हुने

इनेप्लिज २०७६ फागुन ११ गते १:२३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको दुई दिने भ्रमण गर्ने भए पछि उनको भब्य स्वागत हुने तैयारी भै रहेको छ । ट्रम्पको लागि “नमस्ते ट्रम्प” कार्यक्रमको आयोजना हुने भएको छ ।

भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पका साथ प्रथम महिला मेलानीया, छोरी इभान्का र ज्वाईं जारेड कुश्नर रहने छन । राष्ट्रपति ट्रम्प सोमबार नयाँदिल्लीमा ओर्लिएपछि उनी गुजरातको उत्तरपश्चिम राज्यको अहमदाबादमा जाने छन । उनले भारतको ताज महलको पनि भ्रमण गरेर सूर्यास्तको अबलोकन गर्ने कार्यक्रम समेत रहेको छ ।

आफू मुख्यमन्त्री हुँदा गरेको भूकम्पपछिको पुनर्निर्माण देखाउन मोदीले ट्रम्पलाई गुजरातको भ्रमण गराउन लागेका हुन् । सोही क्रममा उनले गुजरात क्रिकेट एसोसिएसनद्वारा निर्मित सरदार पटेल रङ्गशालाको उद्घाटन गर्ने छन् । उक्त खेल मैदानमा एक लाख मानिसको उपस्थितिमा “नमस्ते ट्रम्प” कार्यक्रमको पनि आयोजना गरिने छ ।

भ्रमणको दोस्रो दिन मङ्गलबार ट्रम्प दिल्ली फर्केर हैदरावाद हाउसमा विभिन्न चरणमा रक्षा, व्यापार लगायतका विषयमा छलफल गर्ने भएका छन् ।

गत बर्ष मोदी टेक्सास आउँदा ट्रम्पले पनि रंगशालामा सहभागिता जनाएका थिए । राष्ट्रपति ट्रम्पको भारतको पहिलो दुई दिन औपचारिक भ्रमण हो । मोदी र ट्रम्पबीच यस पटक सहित पाँचौं पटक भेट हुँदैछ ।

समाचार/तस्बिर श्रोत :पोलिटिको/बिबिसी

प्रतिक्रिया