मंगलबार, असार ३० २०७७
काठमाडौं १४:२४
वासिङटन डिसी 04:39

राष्ट्रपति ट्रम्पले इलिनोइसका पूर्व गभर्नर रड ब्लागोजेविच लगायतलाई कारावास दण्ड अवधि क्षमादान

इनेप्लिज २०७६ फागुन ६ गते २३:३५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति ट्रम्पले इलिनोइसका पूर्व गभर्नर रड ब्लागोजेविच लगायतलाई कारावास दण्ड सजाय घटाए दिएका छन् । अर्थात् राष्ट्रपतिले क्षमादान दिएका छन् । राष्ट्रपति ट्रम्पले मंगलबार हवाईजहाजमा चढ्नु अघि पत्रकारहरूसँग उक्त कुराको पुष्टि गर्दै ब्लागोजेभिचको सजाय खारेज गरेको स्वीकार गरेका छन् ।

महिनौंको अटकलपछि राष्ट्रपति ट्रम्पले यो निर्णय घोषणा गरेका हुन् । “हो, हामीले रड ब्लागोजेविचको सजायलाई कम गरेका छौ ,” ट्रम्पले भने। “उनले आठ वर्ष जेलमा बिताए, लामो समय हो ,एकदमै राम्रो मान्छे जस्तो देखिन्छ – उसलाई आफुले नचिन्ने बताए ।

ट्रम्पले ब्लागोजेविचको परिवारलाई आफ्नो निर्णयको कारणको रूपमा उद्धृत गरे। उनका छोरीहरू उच्च माध्यमिकमा प्रवेश गर्दैछन र उनीहरूले आफ्नो बुबालाई सुन्तला रंगको पोशाक बाहिर भेट्न गाह्रो हुन्छ,” ट्रम्पले भने। “मैले त्यो देखेको थिएँ र मैले सजाय परिवर्तन गरे ता कि उनी आठ बर्ष जेलमा जेल परेपछि परिवारसंगै घर फर्कन सक्षम हुनेछन ।

यसै गरि ट्रम्पले जुवा घोटालामा दोषी ठहरिएका पूर्व सन फ्रान्सिस्कोका ४९ एर्स प्रतिष्ठानका मालिक एडवर्ड डिबार्टोलो जूनियर र एनवाईपीडीका पूर्व आयुक्त बर्नाड केरिकलाई पनि दण्ड सजाय माफी दिएका छन् ।

“हामीले हेरिरहेका छौं,” ट्रम्पले भने। “म धेरै नराम्रो महसुस गर्छु। मलाई लाग्छ उसले एकदम कठोर सजाय पायो, तर हामी यसलाई कडा रुपमा हेर्दैछौं। ब्लागोजेविचले तत्कालीन राष्ट्रपति निर्वाचित बराक ओबामाको सिनेट सीट (रिक्त स्थान )बेच्न खोजेको आरोपमा दोषी ठहरिए पछि उनलाई १४ बर्षको कारागार सजाय भएको थियो ।

राष्ट्रपतिले कारागार सजाय कम गर्दै उनीहरुलाईइ क्षमादान गरे पछि दुबै राजनीतिक दलकाले आलोचना गर्दै यस कदमको विरोध गरेका छन् । तत्कालिन समयमा ब्लागोजेभिचलाई इलिनोइस राज्यमा सार्वजनिक पद ओगट्नबाट बन्चित गरि उनलाई पदबाट हटाइएको थियो ।

ब्लागोजेविचलाई क्षमादान दिए पछि उनका दाई रबर्ट ब्लागोजेभिचले राष्ट्रपति प्रति कृतज्ञ ज्ञापन गरेका छन् ।

श्रोत :एनबिसी वाशिंगटन ,तस्बिर :न्युयोर्क टाईम्स

 

प्रतिक्रिया