बिहीबार, असोज ७ २०७८
काठमाडौं १५:३०
वासिङटन डिसी 05:45

एनआरएनए मेरिल्याण्ड शाखाले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन ल्यायो ‘आफू पनि जाऔ,अरूलाई पनि पठाऔ ‘ कार्यक्रम

इनेप्लिज २०७६ फागुन ३ गते १२:५२ मा प्रकाशित

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको मेरिल्याण्ड शाखाले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन ‘आफू पनि जाऔ,अरूलाई पनि पठाऔ ‘ भन्ने कार्यक्रम अगाडी सरेको छ ।

त्यसको लागि २१ सदस्यीयसंयोजन समिति समेत बनाएको छ । २०२० बर्ष सुरु भए देखि नै भ्रमण बर्ष सफल बिभिन्न कार्यक्रम गर्दै आई रहेको छ ।

मातृभूमि प्रतिको गहीरो सम्बन्धलाई सार्थक तुल्याउन भ्रमण बर्ष २०२० लाईं टेवा पुर्याउने अभिप्रायका साथ बर्तमान कार्यसमितिको पदस्थापनको कार्यक्रम वाट नै “अतिथि देवो भव”को परम्परा र सस्कृतिलाई अघि सार्दै ‘आफू पनि जाऔ,अरूलाई पनि पठाऔ’ भन्ने नारा अघि सार्दै सबैमा आब्हान गरेको छ ।

त्यसको लागि कार्यसमितिका उपाध्यक्ष राजु पराजुलीको संयोजक संयोजकत्वमा २१ सदस्यीय समिति निर्माण समेत भएको जानकारी एनआरएनए मेरिल्याण्ड शाखाका अध्यक्ष डोलनाथ घिमिरेले ईनेप्लिजलाई बताए ।

समितिले नेपाल भ्रमण बर्ष २०२० कार्यक्रम सफलता बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत गरिएको छ । समितिको नामावली यस प्रकार छ ।  संयोजकमा राजु पराजुली ,गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति ,अमेरिका ,मेरिल्याण्ड शाखा तथा अन्य सदस्यहरुमा क्रमस डा. उत्तम गौली,डा.कृष्ण विष्ट, तिर्थ पण्डेय,विनोद अधिकारी, शान्ता गौतम,विश्वकिरण थापा,सुदर्शन पौडेल,भरत थापा,रमेश भट्ट,रमेश श्रेष्ठ,बलराम पौडेल,निरज महर्जन,माधुरी चापागाई,सिर्जना पोख्रेल,नारायण सिंह गुरुगं,दीपक रिजाल,प्रज्ञा जोशी,निमा लामा,पिताम्बर भट्टराई तथा गोबिन्द लम्साल रहेका छन् ।

प्रतिक्रिया