बुधबार, चैत २६ २०७६
काठमाडौं २०:०६
वासिङटन डिसी 10:21

अमेरिकाको न्यूह्याम्पशायरबाट राष्ट्रपतिका उम्मेदवार जो बाईडन पक्षबाट नेपालीमूलका संग्रौला महाधिवेसन प्रतिनिधिमा निर्वाचित

नेपालीमूलका संग्रौला न्युह्याम्पशायरबाट राष्ट्रियदलबाट निर्वाचित हुने सम्भवत पहिलो नेपाली

इनेप्लिज २०७६ माघ ११ गते २३:१६ मा प्रकाशित

डिसी । अमेरिकाको न्यूह्याम्पशायर राज्यबाट डेमोक्रेटिक दलका राष्ट्रपतिका उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाईडन पक्षबाट नेपालीमूलका प्रशन्न संग्रौला महाधिवेसन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

नेपाल झापा घर भै हाल अमेरिकाको न्यूह्याम्पशायरमा बस्दै आएका संग्रौला सम्भवत यसरी डेमोक्रेटिक दलको राष्ट्रिय महाधिवेसनमा डेलिगेट (प्रतिनिधि ) बन्दै निर्वाचनमा लडेर बिजयी हुने न्यूह्याम्पशायरबाट पहिलो नेपाली भएका छन् ।

उनि डेमोक्रेटिक दलको दोश्रो संसदीय क्षेत्रबाट निर्वाचित भएका हुन् । उनले आज सम्पन्न न्यु ह्याम्पशायरको राजधानी कन्कर्डमा भएको निर्वाचनमा राज्य सभामुख स्टेफेन शर्टलेफ तथा राज्य सभासद ब्रुस कोहेन लगायतका थुप्रै राजनैतिक हस्तीहरुलाई संग्रौलाले पराजित गर्दै दोश्रो स्थान हासिल गरेका छन् ।

उक्त क्षेत्रबाट ८० को दशक पछि पहिलो पटक दुई पुरुष तथा एक महिला निर्वाचित भएका छन् । डेमोक्रेटिक दलको राष्ट्रिय सम्मेलन आगामी जुलाई १३ देखि १६ सम्म विस्कनसिनमा हुदैछ । अमेरिकाका विभिन्न राज्यहरुबाट उक्त राष्ट्रिय सम्मेलनको लागि ३९७९ प्रतिनिधि चुनिएर जाने छन् । अब हुने प्राथमिक निर्वाचन(प्राइमरि)मा जो बाईडनले खसेको मतबाट कम्तिमा १५ प्रतिसत ल्याउनु पर्ने हुन्छ ।

१५ प्रतिसत मत पाएमा संग्रौला लगायत अन्य जो बाईडनको पक्षबाट महाधिवेसन प्रतिनिधिको रुपमा डेमोक्रेटिक दलको विस्कनसिनमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुन् पाउने छन् ।

संग्रौलालाई बिजयी गराउन उक्त क्षेत्रका नेपाली समुदायले अभूतपूर्व सहयोग गरेका हुनाले संग्रौलाको बिजय सम्भव भएको हो । संग्रौलाले विजय पश्च्यात यस क्षेत्रक सबै नेपाली समुदायलाई बिशेष धन्यबाद दिएका छन् ।

सन् २०१२ देखि नै संग्रौला अमेरिकी डेमोक्रेटिक दलमा स्वयम् सेवकको रुपमा भर्जिनिया र हाल न्यू ह्याम्पशायरमा सक्रिय रुपमा काम गर्दै आई रहेका छन् । न्यु ह्याम्पशायरको राजधानी कनकर्डको मिल ब्रुक बिद्यालयमा निर्वाचन भएको थियो ।

प्रतिक्रिया