बुधबार, चैत २६ २०७६
काठमाडौं १९:४९
वासिङटन डिसी 10:04

अमेरिकाको एरिजोनाको राजधानी फिनिक्समा ३ सन्तानको हत्या गर्ने आमा पक्राउ

इनेप्लिज २०७६ माघ ८ गते ३:०९ मा प्रकाशित

अमेरिकाको एरिजोना राज्यको राजधानी फिनिक्समा एक आमा द्वारा ३ सन्तानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले ७ महिनाको शिशु बालिका ,२ बर्षको बालिका र ३ बर्षको छोरालाई हत्या गरेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीले राचेल हेनरीका बच्चाहरूलाई सोमबार साँझ आफ्नो फिनिक्सको घरमा मृत भेट्टाए पछि त्यहाँ कोहीले प्रहरीलाई ९११ लाई सम्पर्क गरेका थिए । बच्चाहरुकी आमाले आफ्ना तीन बच्चाहरूलाई चोट पुर्‍याएको कारण उनीहरूको मृत्यु भएको प्रहरीले जनाएका छन् । २२ बर्षिय उक्त हेनरी नामक आमा हालसालै ओक्लाहोमा बाट एरिजोना बसाई सराई गरेकी थिइन् ।

हेनरीलाई ३ वटा अपराधमा पहिलो डिग्री( श्रेणी )मा हत्या गरेको आरोप लगाइएको छ । प्रहरीले आघातको कुनै स्पष्ट संकेत नभएको बताएका छन् ।  र एक चिकित्सा परीक्षकले मृत्युको कारण पत्ता लगाउने छन ।

मंगलबार उनि पहिलो पटक अदालतमा हाजिर हुँदा न्यायाधीशले उनलाई ३० लाख डलरको जमानत राख्न र उनको लागि एक वकील नियुक्त गर्ने आदेश दिएका छन् ।

समाचार/तस्बिर : सिएनएन

प्रतिक्रिया