आइतबार, असोज ११ २०७७
काठमाडौं ०९:३५
वासिङटन डिसी 23:50

लस एन्जलसका छ वटा बिद्यालयमा उडिरहेको एक विमानले ईन्धन फ्याके पछि ६० जना प्रभावित

इनेप्लिज २०७६ माघ १ गते १:१७ मा प्रकाशित

लस एन्जलसका छ वटा बिद्यालयमा उडिरहेको एक विमानले ईन्धन फ्याके पछि ६० जना प्रभावित भएका छन् । मंगलबार लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा फर्कने क्रममा एउटा विमानले ईन्धन फ्याके पछि ५ वटा प्राथमिक र १ माध्यमिक बिद्यालयका मानिस प्रभावित भएका छन् ।

उक्त घटना मंगलबार दिउसो मध्यान्ह पछि भएको लस एन्जेलसका अग्नि नियन्त्रण बिभागले जनाएको छ । उक्त इन्धनको कारण पार्क अभेन्यु प्राथमिक बिद्यालयका २० जना बालबालिका र ११ जना वयस्क ज्यादा प्रभावित भएका छन् ।

यसै गरि उक्त क्षेत्रका सन ग्याब्रिएल प्राथमिक ,ट्वीडी प्राथमिक तथा अन्य प्राथमिक बिधालय प्रभावित भएका छन् । बिमान ईन्धनको चपेटामा परेका केहि व्यक्तिहरू साबुन र पानीले गर्दा शुद्ध गरिएको थियो । र कसैलाई पनि अस्पताल लैजानु नपरेको जनाइएको छ । केही सुरक्षित स्थानमा लागिएको भएता पनि बिद्यालय भने खाली गर्नु परेको थिएन ।

घटना पछि बच्चाहरूलाई ओढने दिइएको थियो भने उक्त क्षेत्रका अन्य व्यक्तिबाट प्रभावित भएको कुनै खबर आएको छैन भनि अग्नि नियन्त्रणले जनाएका छन् । डेल्टा एयर लाइन्सका अनुसार उडान ८९ बाट उक्त ईन्धन बाहिर आएको जनाएको छ । चीनको लागि उडेको उक्त बिमानले त्यसरी इन्धन फ्याएको हो ।

“विमानले इन्धन फ्याके पछि सुरक्षित रूपले अवतरण भयो, जुन सुरक्षित अवतरण तौलमा पुग्न सामान्य प्रक्रियाको एक भागको रूपमा आवश्यक थियो,” बिमान प्रशासनले भने।

संघीय उड्डयन प्रशासनले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया