मंगलबार, माघ ७ २०७६
काठमाडौं ०१:५०
वासिङटन डिसी 15:05

बाना सामुदायिक केन्द्रमा डिसी बिरोध जुलुस सम्बन्धि बिज्ञमण्डलहरुको बहस तथा भौतिक बैठक हुने

इनेप्लिज २०७६ मंसिर २८ गते ०:५० मा प्रकाशित

भारतले हालसालै प्रकाशित गरेको नक्सा भित्र नेपालका केही भूभाग पारेको बिषयमा अमेरिकामा रहेका बिज्ञहरुको बैठक आगामी डिसेम्बर १४ का दिन बाना सामुदायिक केन्द्रमा हुने भएको छ ।

साथै उक्त दिन डिसी बिरोध जुलूसमा हाल सम्म गरिएको कार्यको प्रगति तथा अन्य गतिबिधि सम्बन्धि पहिलो पटक भौतिक बैठक समेतको आयोजना गरिने भएको छ । यसको लागि ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’नामक नेपालीहरुको समूहका खगेन्द्र अधिकारीले सबैलाई यस महत्वपूर्ण बहस तथा बैठकमा उपस्थितिको लागि अनुरोध गर्नु भएको छ ।

आगामी आइतबार डिसेम्बर १५ का दिन वाशिंगटन डिसीमा हुदै गरेको बिरोध जुलूस प्रदर्शन गर्ने अन्तिम तयारीको ठिक एक दिन अगाडी बाल्टिमोर स्थित बाना सामुदायिक भवनमा बहस तथा भौतिक बैठकको आयोजना गरिएको छ ।

बानामा हुने कार्यक्रममा समेत विभिन्न राज्यबाट नेपाली समुदायको सहभागिताको अपेक्षा गरिएको डिसी बिरोध जुलूस कै पहलकर्ता मध्ये कै एक रोजर अधिकारीले बताउनु भएको छ ।

उक्त बहस तथा छलफल कार्यक्रमको लागि नेपाल भूभाग र सीमानाका सर्वेक्षण विभागका पूर्व महानिर्देशक बुद्धि नारायण श्रेष्ठ ,प्रा तथा नेपाल सम्बन्धि बिज्ञ प्रा चित्र कुमार तिवारी तथा त्रिभुवन विश्वविद्यालयका प्राकृतिक स्रोत व्यवस्थापनका पूर्व प्रा डा गोपी उप्रेती रहनु हुनेछ ।

कार्यक्रम प्रस्तोता एएनए का पूर्व अध्यक्ष तथा समाजसेवी रोजर अधिकारीले गर्नु हुनेछ । डिसी बिरोध जुलुस डिसेम्बर १५ बिहान १० बजे देखि २ बजे सम्म चल्ने छ ।

उक्त दिन कुनै पनि प्रचार प्रसार सामग्री तुल(ब्यानर) लगायत अन्य चीज ९:३० सम्म पुग्ने पर्ने, उक्त उद्यानमा मंच १० देखि ११ सम्म बनाउने ,र कार्यक्रम ११ बजे देखि सुरु भै १ बजे सम्म चल्ने छ ।

कार्यक्रममा केही वक्ताहरुले मन्तब्य राख्ने ,राष्ट्रिय गीत तथा देशभक्ति गीत या नाराहरु लगाउने छन् । पार्क(उद्यान) मा निर्माण गरिएको मन्च देखि बिरोध जुलुस सहित वाशिंगटन डिसी स्थित भारतीय राजदुताबास संग अघि बढ्ने छ भने कार्यक्रम १:३० मा समाप्त हुने छ ।

Date: Saturday, December 14th
Time: 10:30 AM
Venue: BANA Community Resource Center
2906 Taylor Avenue

प्रतिक्रिया