सोमबार, मंसिर २३ २०७६
काठमाडौं १०:१२
वासिङटन डिसी 23:27

स्वर्गीय ईरा आचार्यको सम्मानमा रक्तदान तथा स्मृतिसभा

इनेप्लिज २०७६ मंसिर १५ गते २२:५१ मा प्रकाशित

ब्लड  डोनर्स अफ अमेरिका (बिडीए) को केन्द्रिय कार्य समिति सदस्य तथा समाजसेवी स्वर्गिय ईरा आचार्यको असामयिक निधनको शोकमा बिडीएले अमेरिकाका बिभिन्न स्थानमा रक्तदान शिबिरको आयोजना गरेको छ ।

यसै सन्दर्भमा गत नोभेम्बर ३०, २०१९ मा लबक टेक्सासमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बिडीएद्वारा आयोजना गरिएको सो रक्तदानमा अन्य स्थानिय नेपाली संस्थाहरु, अमेरिकामा रहने नेपाली नर्सहरुको संस्था सान,टेक्सास टेक युनिभर्सिटीको नेपाली बिद्यार्थीहरुको संगठन (एनएसए) तथा लबक नेपाली समाज (एनएसएल ) समेत आबद्ध थिए ।

संपन्न उक्त शिबिरमा १२ जना रक्तदाताहरुले रगत दान गरेका थिए । उक्त रगतले ३६ जना बिरामी सम्मको जीबन बचॉउन सक्ने उक्त रक्तदानका संयोजक बिडिए टेक्सास च्याप्टर सदस्य प्रेम श्रेष्ठले बताए । रक्तदान गर्नेहरुमा प्रेम श्रेष्ठ ( बिडिए आजीवन सदस्य २५ सौं पटक), शिव मुल ( बिडिए आजीवन सदस्य), बिकल कोइराला (प्रथम पटक), नारायण आचार्य ( प्रथम पटक), डा. प्रकाश श्रेष्ठ, पेमा चोयमजोम श्रेष्ठ, ईस्वर श्रेष्ठ (२७ सौं पटक- (बिडिए आजीवन सदस्य), कुशल अधिकारी (प्रथम पटक), कमल लामिछाने, राज श्रेष्ठ (बिडिए आजीवन सदस्य), भोला आचार्य तथा डोल प्रसाद ढकाल ( प्रथम पटक)रहेका थिए ।

उक्त रक्तदानमा बिडिएको वरिष्ठ उपाध्यक्ष रेशम घर्ति, नेपाली समाज लबकका अध्यक्ष डा. प्रकाश श्रेष्ठ, सचिब शिव मुल, पूर्व अध्यक्ष डा. माधव पाण्डे, एनएसएल पूर्ब अध्यक्ष कुशल अधिकारी, अमेरिकामा नेपाली पत्रकारहरुको संस्था नेजाका पूर्ब अध्यक्ष भोला आचार्यको उपस्थिति थियो । लबक स्थित रक्त संकलन केन्द्र भाईटलेन्ट सेन्टरका कर्मचारीहरुले बेलाबखत नेपाली समुदायले रक्तदान कार्यक्रमको आयोजना गरि दिंदा रगतको अभाबको समाधानमा ठुलो योगदान रहेको कुरा बताएका थिए ।

स्वर्गीय आचार्य कै सम्मानमा बीड़ीएले अन्य सस्थाहरुको सहयोगमा गत हप्ता नोवेम्बर २४,२०१९ मा डालस टेक्ससमा रक्तदान, श्रद्धान्जली एबं स्मृति सभाको आयोजना गरेको थियो ।

उक्त शिबिरमा २८ जानले रक्तदान गरेका थिए । रक्तदान पछि ४ बजे बाट ६ बजेसम्म सम्पन्न भएको श्रद्धान्जली एबं स्मृति सभामाले स्वर्गीय आचार्यको बहुआयामिक ब्यक्तित्वबारे चर्चा गरेका थिए ।

स्वस्तिक वाचनबाट शुरू भएको कार्यक्रममा मौन धारण तथा दिप प्रज्ज्वलन गरिएको थियो । सभामा बोल्ने समाजसेबीहरुले स्वर्गीय आचार्य एक निस्वार्थी एबं सक्रिय समाज सेवक भएको र उहाको निधनले अपूरणीय क्षति भएको बताएका थिए। परिवारको सदस्यको तर्फबाट बोल्दै उहाका श्रीमान बैकुंठराज आचार्यले समाजमा सेवा गर्ने ब्यक्तिहरुको समाजले कदर गरेका बताएका थिए ।

यसै गरि छोरी इसाले आमाले गरेको कामबाट आफु प्रभाबित भएको बताएकी थिइन् । सभालाई सम्बोधन गर्दै बीडीएका निबर्तमान केन्द्रिय अध्यक्ष तथा प्रमुख सल्हाकार डा. नन्द रेग्मीले आचार्यको असामयिक निधनबाट बीडीएलाई ठूलो रिक्तता महसूस भएको बताएका थिए ।

यसैक्रममा बीडीएले स्वर्गीय आचार्यको सम्झनामा अमेरिकाका अन्य राज्यहरुमा थप कार्यक्रम पनि हुदै जाने बताएको छ ।

प्रतिक्रिया