बिहीबार, मंसिर १९ २०७६
काठमाडौं २०:२७
वासिङटन डिसी 09:42

बल्ड डोनर्स अफ अमेरिका (बिडीए) को केन्द्रिय सदस्य इरा आचार्यको असामयिक निधन -भावपूर्ण श्रदान्जली

इनेप्लिज २०७६ कार्तिक २७ गते ११:५८ मा प्रकाशित

 

रक्त दाताहरुको सस्था बल्ड डोनर्स अफ अमेरिका (बिडीए) को केन्द्रिय सदस्य तथा वरिष्ट समाजसेबी इरा आचार्यको असामयिक एबं अल्पायुमा निधन भएकोमा बिडीएले आफ्नो सस्था एबम नेपाली समाजले एउटा समर्पित नेतृत्व तथा समाजसेबी गुमाएको बताएको छ ।

उहाको निधनले ठुलो रिक्तता भएको र स्तब्ध बनाएको भन्दै अपुरणीय क्षति भएको उल्लेख गरेको छ । स्वर्गीय आचार्यको निधन नोवेम्बेर ८, २०१९ मा आफ्नो निबास हर्स्ट टेक्ससमा अर्बुद रोगबाट भएको थियो । ५९ बर्षीय आचार्यका श्रीमान, एक छोरा, एक छोरी र आमा हुनुहुन्छ ।

रक्तदान सेवा र रक्तदाताहरुको सस्थामा स्वर्गीय आचार्यको संलग्नता बारे प्रकाश पार्दै बिडीएले भनेको छ, २०१३ को डिसेम्बरबाट सुरु भएको स्वर्गीय आचार्यको बीडीए यात्रा अप्रैल ४, २०१४ मा बीडीएको आजीबन सदस्य हुदै अघि बढेको थियो । मे २६-२८ , २०१६ डालासमा संपन्न भएको प्रथम राष्ट्रिय सम्मलेनमा उद्घाटन समारोह ब्यवस्थापकको जिम्मेवारी र में २५-२७, २०१८ मा एटलांटमा संपन्न बीडीए कै दोस्रो राष्ट्रीय सम्मलेनमा कार्यक्रम ब्यवस्थापकको कार्यभार संपन्न गरेर उहाले सम्मलेनलाइ अभुतपुर्ब रुपमा संम्पन गर्नु भएको थियो । त्यसका अलावा उहाले २०१६ देखि २०१८ सम्म बीडीए केंद्रीय प्रकाशन संयोजक, र दोश्रो राष्ट्रिय सम्मेलनको स्मारिका प्रकाशन समिति सदस्यको जिम्मेवारी पनि सफलता पुर्बक संपन्न गर्नु भएको थियो । बीडीएको दोस्रो राष्ट्रीय सम्मलेनले उहाँलाई २०१८ – २०२० केंद्रीय कमिटी (Central Executive Committee) को सदस्य निर्वाचित गरेको थियो र हाल उहा यही जिम्मेवारीमा कार्यरत हनुहुन्थ्यो।

बिहानीले दिनको अवस्था बताउछ भने जस्तै आफ्नो शुरुवाती दिनहरूबाट नै उहा आफ्नो सेवा प्रति कटिबद्द र स्पस्ट हुनु हुन्थ्यो । उहा र वहा जस्तै निस्वार्थी सेबकको समर्पणले नै बीडीए आज यो ठाउँमा सम्म आइ पुगेको बिडीएले बताएको छ। स्वर्गीय आचार्य सहित कै स्वयंसेवकहरुको समर्पणले थुप्रै अनगन्ती रक्तदान सिबिरहरु र स्वास्थ सम्बन्धी सेमिनार संपन्न भएका छन। उहा कै सक्रियतामा बिडीएले डालास टेक्सासमा ४ वटा अमेरिकाकै सबभन्दा ठूला ऐतिहासिक रक्तदान कार्य सम्पन गरेको छ। नेपालमा महा भूकम्प गएको दिन अप्रैल २५ , २०१५ मा भएको मेघा रक्त दान त्यस्तै दिन मध्येको एक दिन थियो, जहा १२८ जानले रक्तदान गरेका थिए। त्यस पछि पनि बिभिन्न समयमा १३५, १११ र ९९ पिंट रगत दान भएका छन् । इरा आचार्य जस्तै समाज सेवक बिडीएमा जोडिएकोले आजसम्म यसले अमेरिका भरीबाट १० हजार पिंट रगत दान गरी ३० हजार भन्दा बढीको जीबन बचाउन सहयोग गरेको छ। त्यस्तै यो सस्थाले नेपालमा पनि अनगन्ती कार्य गरेको छ ।

बिडीएमा रहेर काम गर्नु पूर्व स्वर्गीय आचार्यले डल्लास एभरेस्ट लायन्स क्लबको अध्यक्षको जिम्मेवारी पुरा गर्नु भएको थियो / उक्त अवसरमा अमेरिकामा किड्नी वाक कार्यक्रम राखेर रकम जम्मा गरि नेपालमा मृगौला रोगि महिलाहरुलाई उपचारमा सहयोग पुर्याउनु भएको थियो । त्यसको अलावा उहाले शान्तिका लागि विकास (डेभेलपमेन्ट फर पिस) नामक सस्थाबाट पनि नेपालमा बालबच्चाको पठनपाठनमा निरन्तर सहयोग पुर्याई रहनु भएको थियो ।
त्रिभुभन बिस्वबिधालयबाट अर्थ शास्त्रमा स्नाकोतर र जर्मनीबाट पोस्ट ग्राजुएट तथा अनुसन्धान तालिम लिनु भएकी स्वर्गीय आचार्यले युएनडीपीमा रहेर लघु उद्द्यम बिसेसग्य भएर काम गर्नु भएको थियो । अत्यन्त क्षमतवान बौद्दिक व्यक्तिव सर्गीय आचार्य प्रति भावपूर्ण हार्दिक श्रदान्जली अर्पण गर्दै निस्वार्थी समाज सेवक गुमाउनु परेको यो अवस्थामा परिवारमा पर्न गएको पिडा एबम क्षति प्रति पनि बिडीएले गहिरो समबेदना ब्यक्त गरेको छ । होनहार सामाजिक सेवक भएकोले बिडीएले टेक्सास स्थित अन्य संघसस्थाहरुसंग मिलेर आउदो २४ तारिखमा उहाको सम्मानमा रक्तदान तथा स्मृति सभाको आयोजना गरेको छ । त्यस्तै देशका अन्य भागमा पनि इरा आचार्य स्मृति रक्तदान सिबिर संचालन गर्ने कुरा बताएको छ । उहाको निस्वार्थ समाज सेवाको मार्ग लाइ सघाउन बिडी ए ले सबैमा अनुरोध पनि गरेको छ ।

स्वर्गीय आचार्यको हिजो दिनको २ बजे, उच्च सम्मानका साथ् परम्परागत बिधिबाट दाह सस्कार सम्पन्न भै सकेको छ ।

प्रतिक्रिया