शुक्रबार, मंसिर ६ २०७६
काठमाडौं ०६:४२
वासिङटन डिसी 19:57

मुख्य न्यायधिबक्ता दिपेन्द्र झालाई अमेरिकाको एटलान्टामा सम्मान

इनेप्लिज २०७६ कार्तिक ५ गते ०:४६ मा प्रकाशित

प्रदेश सरकार २ का मुख्य न्यायधिबक्ता दिपेन्द्र झालाई अमेरिकाको एटलान्टा स्थित कार्टर सेन्टरले बिशेष कार्यक्रममा निमन्त्रणा गरेको थियो । त्यसै अवसरमा जोर्जियाबासी नेपालीहरुले झालाई स्वागत तथा सम्मान गरेका थिए । उक्त कार्यक्रममा अमिर नेपालले स्वागत मन्तव्य दिएका थिए भने पर्यटनदुत राजा घले द्वारा खाता ओढ़ाई सम्मान गरेका थिए ।

छोटो समयमा कार्यक्रम तर्जुमा गर्नु पर्ने भएकोले धेरैको अनुपस्थिति नहुदा पनि नेपालका तराईबासीहरुको बाक्लो जमघट भएको थियो । र उनीहरुले आफ्नो प्रदेशको नेता वा मुख्य न्यायधिबक्तालाई साक्षात्कार भेट र अन्तरक्रिया गर्न पाउदा निकै खुशी ब्यक्त गरेका थिए । त्यसै गरि झाले पनि प्रदेश सरकार २ ले नमुना रुपमा धेरै कार्यक्रमहरु गर्दै आएको बताउदै भने-” थोरै समयमा नेपालीहरुलाई भेट्न पाउदा नेपालमानै भएको महुस भयो ” उक्त कार्यक्रम जोर्जियाबासी संजय घरको निवासमा भएको थियो ।

प्रतिक्रिया