शुक्रबार, मंसिर ६ २०७६
काठमाडौं ०६:१२
वासिङटन डिसी 19:27

अमेरिकी जनगणनामा रोजगारीक चाहनेका लागि न्यूयोर्कको शेर्पा किदुग अमेरिकाको कार्यक्रम आज अक्टोबर २० का दिन हुने

इनेप्लिज २०७६ कार्तिक ३ गते ११:४० मा प्रकाशित

अमेरिकी जनगणनामा रोजगारीका चाहनेका लागि न्यूयोर्कको शेर्पा किदुग अमेरिकाको आयोजनामा आज अक्टोबर २० का दिन कार्यक्रम हुने सार्वजनिक गरेको छ ।

अमेरिकामा हरेक दश-दश बर्षमा गरिने जनगणना-२०२० तपाईं हाम्रो घरदैलोमा आउन लागि रहेको जनाएको छ। अमेरिकाको संबिधानमा ब्यवस्था भए अनुसार हरेक १० बर्षमा हुने जनगणनाले तपाईं हामी बसेको क्षेत्रको स्वास्थ्य, शिक्षा, भौतिक पूर्वधार बिकास, ब्यापार ब्यवसाय लगायत अन्य धेरै सेवा सुबिधा र अमेरिकी काङ्ग्रेसमा हाम्रो प्रतिनिधित्व पठाउने जस्ता महत्वपूर्ण कुराहरु निर्धारण हुने भएकोले यसमा हामी सबैले भाग लिनु हाम्रो दायित्व र कर्तब्य दुवै हो भनि प्रष्ट पारेको छ ।

संस्थाका अध्यक्ष उर्गेन शेर्पाले छापा बिज्ञप्तिमा नेपालीहरुलाई बिभिन्न सरकारी र गैरसर्कारी क्षेत्रबाट प्राप्त हुन सक्ने सेवा-सुबिधामा पहुँच बढाउन, अमेरिकी मुलधारको राजनीतिमा हाम्रो उपस्थिति मजबुत बनाउन, भाषा, साहित्य र सँस्कृति संरक्षण तथा सामुदायिक बिकासका नाममा सरकारबाट विनियोजन गरिने बजेटहरुमा हाम्रो हिस्सा सुनिश्चित गराउन जनसंख्याको सही तथ्यांक हुनु अपरिहार्य छ भनि ध्यानाकर्षण गराएका छन् ।

तसर्थ आगामी जनगणना-2020 मा कुनै पनि नेपालीको नाम नछुटोस भन्ने उद्धेश्यले लिई शेर्पा किदुग अमेरिकाले पनि सक्रियताका साथ जन गणना २०२० को सचेतना अभियानमा भाग लिन लागेको जानकारी गराउँदछु भनि जोड दिएका छन् ।

। यसै क्रममा न्यूयोर्क क्षेत्रका सबै नेपाली भाषी समुदायहरु बिच समन्वय गरी अगाडि बढ्न विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवि, पत्रकार, महिला, युवा तथा विद्यार्थीहरु सामेल गरी युएस सेन्सस ब्युरोका अधिकारीहरुको उपस्थितिमा एउटा बृहत् नेपाली कम्प्लिट काउन्ट कमिटि गठन गर्नका लागि एक भेलाको आयोजना गरिएको हुनाले उपस्थितिको लागि अध्यक्ष शेर्पाले अनुरोध समेत गरेका छन् ।

उनले अगाडी भनेका छन् ,कार्यक्रममा सेन्सस ब्युरोकाका अधिकारीहरुबाट यस अभियान संवन्धी सम्पूर्ण जानकारी प्रदान गरिने छ। यस जनगणना-२०२० का लागि ठुलो संख्यामा नेपाली भाषी कर्मचारीहरु आवश्यक परिरहेको जानकारी प्राप्त भएको छ समेत कुरा उल्लेख गरेका छन् ।

जनगणनामा रोजगारीका लागि आवेदन दिन चाहनेहरुका लागि सोही दिन दिउँसो १ बजे देखि ६ बजे सम्म किदुग कार्यालयमा परामर्श र आवेदन फारम भर्नका लागि सेन्सस ब्युरो का कर्मचारीहरुबाटै सहयोग गर्ने गराउने ब्यवस्था पनि मिलाईएको जनाएका छन् ।

बिस्तृत जानकारी :

उर्गेन शेर्पा अध्यक्ष, शेर्पा किदुग अमेरिका।

कार्यक्रम मिति: अक्टोबर २०, २०१९
समय: दिउसो २:०० वजे
स्थान: शेर्पा किदुग भवन
‪41-01 75 Street, Elmhurst, NY 11373

प्रतिक्रिया