शुक्रबार, मंसिर ६ २०७६
काठमाडौं ०६:१३
वासिङटन डिसी 19:28

एटलान्टामा कलाकारहरू सम्मानित

इनेप्लिज २०७६ असोज २८ गते २:०१ मा प्रकाशित

हिन्दूहरुको महान पर्ब बडादशैं र तिहारको पुनित अवसरमा अमेरिकाको एटलान्टा स्थित नेपाली समुदायद्वारा दशैँ-तिहार धमाका २०१९ नामक सांस्कृतिक कार्यक्रम आयोजना गरियो । यही शनिबार अक्टोबर १२ का दिन एटलान्टास्थित कलर्क्सटनको बिर्यानी पोइन्ट रेस्टुरॉको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालबाट आउनुभएका बरिष्ठ गीतकार बुद्धबीर लामा र चर्चित गायिका सत्यकला राईलाई सम्मान समेत गरियो ।

नेपाली बिबिध संस्कृति झल्किने उक्त बृहत सांस्कृतिक कार्यक्रम नेपालका लागि पर्यटनदुत राजा घलेको स्वागत मन्तव्यबाट शुभारंभ गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा स्थानीय कलाकारहरुले बिभिन्न गीत र नृत्य प्रस्तुत गरेर मनोरंजन दिएका थिए ।

स्थानीय कलाकारहरुको मनोरन्जनात्मक प्रस्तुतिपछि अतिथि श्रष्टाद्वय बरिष्ठ गीतकार बुद्धबीर लामा तथा लोकप्रीय गायिका एवं प्राज्ञ सत्यकला राईलाई सम्मान गरियो । यस अवसरवमा गीतकार लामालाई पर्यटनदूत राजा घले र गायिका राईलाई गुरुङ सोसाईटि अफ जोर्जियाका अधक्ष्य मनोज गुरुङले सम्मान गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा गीतकार बुद्धिबीर लामाले आफ्नो रचनाहरु केही रोचक प्रसंग सहित वाचन गरेर सुनाएर दर्शकहरुलाई मनोरन्जन दिलाए ।त्सपछि नर्थ क्यारोलाइना निवासी,नासाका बर्तमान कार्यकारी सदस्य, लभ एण्ड सप्पोर्टका संस्थापक,लोकप्रीय गायक मनोज राईले आफ्नो नविनतम अल्बमको केहि गीत गाएर सुनाए ।

दर्शकहरुको लामो प्रति़क्षालाई चिर्दै कार्यक्रमको अन्तमा बर्तमान पुस्ताकी चर्चित एवं लोकप्रीय गायिका सत्यकला राईले आफ्ना चर्चित गीतहरु गाएर सबै दर्शक तथा श्रोताहरुको मन मुग्ध पारिन् । उनका गीतमा स्वरमा स्वर मिलाएर गीत गाउँदै छमछमी नाचेर सबै दर्शकहरुले अत्यधिक मनोरन्जन लिएका थिए । कार्यक्रमको संचालन ख्यातिप्राप्त टिभी प्रस्तोता संगम बानियाले गरेका थिए ।

 

प्रतिक्रिया