बुधबार, कार्तिक ३ २०७८
काठमाडौं १८:५४
वासिङटन डिसी 09:09

हैरान अव अमेरिकामा भव्य रिलिज हुने

इनेप्लिज २०७६ साउन ११ गते २:३५ मा प्रकाशित

अमेरिकामा नै रहेका नेपाली सामाजिक अभियन्ता रोशन पुरी को संयोजकत्वमा चलचित्र हैरान रिलिज हुन गैरहेको छ। पहिलो शो को रुपमा यही आउने अगष्ट ४ मा रिलिज हुने भएको छ। त्यसपछि विभिन्न स्थानमा समय मिलाएर रिलिज गर्ने  संयोजक श्याम लामाले इनेप्लिज लाई बताए ।

नेपालमा रिलिज भैसकेको चलचित्र हैरान पूर्णतया सस्सपेन्स, थ्रिलर मुुबी हो। जसमा बेरोजगारीको हैरानी देखि सानातिना राजनीतिक कार्यकर्ताहरुले पाएको हैरानी देखि बालआश्रममा साना बालबालिकाले पाएको हैरानीलाई जस्ताको तस्तै चलचित्रमा देखाउने प्रयास भएको चलचित्र हैरानकी निर्मात्री संझना पोखरेलले बताएकी छन्।

चलचित्र हैरानी पूर्णतया सामाजिक सन्देशमूलक चलचित्र भएको दावी पनि निर्माता पोखरेलको रहेको छ। चलचित्रमा सरोज खनाल, गजित विष्ट, हैट बुद्धि तामाङ लगायतका चुनिएका र गनिएका कलाकारहरुको बेजोड अभिनय रहेको छ। विश्व रेकर्ड राख्न सफल नेपाली बाल निर्देशक सौगात विष्टको चलचित्र हैरान अगाडि पहिलो चलचित्र लब यु बाबा हो। आठ बर्षको उमेरमा सौगात विष्टले लब यु बाबा निर्देशन गरेर विश्वलाई चकित पार्दै विश्व रेकर्ड राखेका थिए।

प्रतिक्रिया