बिहीबार, साउन २ २०७६
काठमाडौं २३:३०
वासिङटन डिसी 13:45

नेपाली राष्ट्रिय सम्मेलनको जिम्मेबारी पाए पछि ईमान्दारीपूर्वक काम गर्ने प्रयास मात्र गरेको हो ;विजय श्रेष्ठ ,सम्मेलन सभापति

इनेप्लिज २०७६ असार २६ गते १:५७ मा प्रकाशित

डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत जुलाई ५ देखि ७ सम्म सम्पन्न नेपाली राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको आफूलाई लागेको सम्मेलन सभापतिले बताएका छन् ।

उनले अगाडी भने सबैले मलाई विश्वास गर्दै जिम्मेबार सुम्पिएकोले ईमान्दारीपूर्वक काम गर्ने प्रयास मात्र गरेको झैँ लागेको बताए । र अमेरिकाकै सुन्दर नगरी बाल्टिमोर आफ्नो क्षेत्र समेत भएको र यस क्षेत्रमा धेरै बर्ष देखि काम गर्दै आएकोले आफूलाई सबैको सहयोग प्राप्त भएको बताए ।

सम्मेलन गर्न चानचुन नभएको बताउदै बर्ष दिन देखि नै व्यस्त हुने बताए । र आधा बर्ष अगाडी देखि नै खट्नु पर्ने हुनाले आफु पनि एक ब्यबसायी रहेता पनि आफू जिम्मेबार सामाजिक कार्यकर्ता भएकोले कुनै कसर बाकि नरहोस भनि काम गरेको हु उनले बताए ।

यो सवै स्वयम सेवक रुपमा अहोरात्र खट्ने विभिन्न आयोजक समितिका सदस्यहरु ,पदाधिकारीहरुको नि:स्वार्थ र नि:सर्त रुपमा प्रदान गरेको योगदानको जति नै कदर गरे पनि कम हुने बताए ।

आफूलाई सम्मेलन सभापतिको एउटा गहन र गरिमामय जिम्मेबार दिएकोले त्यसलाई हृदय देखि नै काम गर्ने प्रयास गरे । सम्मेलनमा केही कमी कमजोर रहेता पनि समग्रमा सफलता पूर्वक नै समापन भएको मान्नु पर्छ भन्ने मलाई लागेको छ ।

सबैले काँधमा काँध मिलाई र जसरी पनि यस सम्मेलनलाई सफल बनाउन पर्ने प्रतिबद्धताको साथ संकल्प लिएर यसमा होमिएका सबैको एकताले नेपाली राष्ट्रिय सम्मेलन टुंगिएको छ ।

श्रेष्ठले यो सम्मेलन सफल बनाउन आयोजक ४ वटा संस्थाहरु ,८ वटा संस्थाहरु सह -आयोजक र अन्य २८ वटा संघ/ संस्थाहरुको सहयोग ,समर्थन निकै महत्वपूर्ण रह्यो ।

यसलाई ठूलो उपलब्धि मान्नु पर्छ । बिशेष गरि दर्तामा एनपिपिए को भूमीका निकै सराहनीय रह्यो श्रेष्ठले भने ।श्रेष्ठले सम्मेलनको मुख्य र आकर्षक केन्द्र बिन्दु नै प्रथम बालबालिकाहरुको प्रतिभा प्रतियोगिता रहन पुग्यो । यस्का आयोजक र अभिभावकहरु प्रति नत मस्तक हुन् चाहन्छु श्रेष्ठले भने ।

सम्मेलन सभापति श्रेष्ठले नेपाली राष्ट्रिय सम्मेलनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने प्रदेश नं १ का मुख्य मन्त्रि माननीय शेरधन राई अमेरिकी पूर्व राजदुत पिटर बोडे , नेपालबाट आउनु भएका स्वर्णिम वाग्ले ,स्विटजरल्याण्डबाट आउनु भएका केदार नेउपाने ,क्यानडाबाट आउनु भएका डा तुलसी धरेल ,नेपाल योग एसोसिएशनका अध्यक्ष मोहन लम्साल लगायत विशिष्ट व्यक्तिहरुले सम्मेलनलाई नयाँ आयाम थपेको मलाई महसुस भएको बताए ।

यत्रो ठुलो जिम्मेबारलाई ईमान्दारिता साथ कर्तब्य निभाएको छु । सम्मेलन सफल बनाउन सहयोग गर्नु हुने ब्यबसायी ,नेपाली समुदाय सदस्य,व्यक्तिवहरु र संचार माध्यमहरु र त्यसमा पनि ईनेप्लिजले अहोरात्र खटिई काम गरेकोमा प्रशंसा साथै हृदय देखि नै धन्यवाद दिन चाहेको बताए ।

श्रेष्ठले राजदुत अभिभावक झैँ सबै कुराको सहयोग गर्नु हुने महा बाणिज्य दूत प्रेम राजा महत ,नेपाली कांग्रेसका नेता एबम पूर्व मन्त्री दिपक गिरि ,नेपाल कम्युनिस्ट पार्टीका नेता ठाकुर गैरे,राईनास नगरपालिकाका नगर प्रमुख सिंह बहादुर थापा ,नेपाली कांग्रेस महिला संघकि केन्द्रिय सदस्य भद्रा भण्डारी ,नागर्जुन नगर पालिकाका नगर प्रमुख मोहन बस्नेत ,प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापा ,आन्माका बलराम पन्थी, अम्बिका अधिकारी ,राजदुत डा अर्जुन कुमार कार्की,एएनएका अध्यक्ष मेदिनी अधिकारी ,बानाका अध्यक्ष सुबोध पन्त लगायत बाना परिवार ,अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली लगायतलाई कृतज्ञता ज्ञापन ईनेप्लिज मार्फत दिन चाहेको बताए ।

प्रतिक्रिया