बुधबार, असोज २९ २०७६
काठमाडौं १०:१५
वासिङटन डिसी 00:30

नेपाली राष्ट्रिय सम्मेलनमा अन्य ८ संस्थाहरु सह आयोजक हुने

कलाकार हेमन्त राना ,सिने गुरुङ,संजिप प्रधान लगायत थप आकर्षक कलाकारको प्रस्तुति हुने

विजय थापा २०७६ असार ८ गते १३:१३ मा प्रकाशित

डिसि । बाल्टिमोरमा आगामी जुलाई ५ देखि ७ सम्म हुने नेपाली राष्ट्रिय सम्मेलनमा अमेरिका बिभिन्न राज्यहरुमा रहेका चर्चित क्रियाशील संस्थाहरु सह आयोजक बन्ने भएका छन् ।

दोश्रो नेपाली राष्ट्रिय सम्मेलन कुनै पनि संस्थाको एकल पहल र अगुवाईमा नभई सयुक्त रुपमा नेपाली राष्ट्रिय सम्मेलन नामकरण गरि एएनए ,आन्मा ,अनेसास र बानाले सयुक्त रुपमा आयोजनामा गर्ने छ । डिसी महानगर क्षेत्रका २८ भन्दा ज्यादा संघ/संस्था संग समन्वय गरिएको छ । नेपाली राष्ट्रिय सम्मेलन सभापति विजय श्रेष्ठका अनुसार दोश्रो राष्ट्रिय सम्मेलनलाई ऐक्यबद्धता जनाउदै डिसी क्षेत्रको आन्वा,एनईसिसी ,एनपीपीए तथा सान सह आयोजक बन्ने भएको जनाएका छन् ।

यसै गरि फ्लोरिडा नेप्लिज एसोसिएसन ,ब्लड डोनर्स अफ अमेरिका ,एन्टा तथा अमेरिका नेपाल सोसाइटी पनि सह आयोजक बन्ने भएका छन् । सम्मेलनमा बिभिन्न समितिहरु निर्माण गरिएका छन् ।

बिशेष सांस्कृतिक कार्यक्रमको लागि साईली — साइली का प्रख्यात गायक हेमन्त राना ,यो मन गीत कि चर्चित गायिका सिने गुरुङ ,संजिप प्रधान लगायत थप आकर्षक कलाकारहरुको प्रस्तुति रहने छ ।

नेपाली राष्ट्रिय सम्मेलनको संरक्षकमा महाबाणिज्य तथा वरिष्ठ लोक गायक दुत प्रेम राजा महत रहेका छन् भने सम्मेलन सभापति विजय श्रेष्ठ रहेका छन् । जनसम्पर्क अधिकारी तथा प्रवक्तामा एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी रहेका छन् ।

सम्मेलनलाई सफल बनाउन मूल समिति पनि निर्माण गरिएको छ । उक्त मूल समितिमा अन्तर्गत सम्मेलन सभापति विजय श्रेष्ठ , बानाका अध्यक्ष सुबोध विलास पन्त ,एनईसिसी अध्यक्ष खिलेन्द्र न्यौपाने ,अनु श्रेष्ठ वन्त ,लोक तिवारी ,एएनएका अध्यक्ष मेदिनी अधिकारी ,आन्माका अध्यक्ष बलराम पन्थी ,एनएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी ,एएनएका महासचिव विजय भट्टराई ,सिपिए लक्ष्मण प्रधान ,आन्माका महा सचिव डा दिवाकर दाहाल ,सरोज प्रजापति लगायत ,क्रिस घिमिरे ,कुलमणि आचार्य ,एएनएसका वरिष्ठ उपाध्यक्ष डा बिष्णु घिमिरे ,समिर महर्जन रहेका छन् ।

प्रतिक्रिया