बिहीबार, असार १० २०७८
काठमाडौं १२:०७
वासिङटन डिसी 02:22

पक्राउ परेका आप्रवासीलाई स्याङ्गचुअरि सिटीमा छोडन ट्रम्पको दवाव

यादवराज जोशी २०७५ चैत २९ गते १:०९ मा प्रकाशित

यादवराज जोशी

सीमा क्षेत्रमा पक्राउ परेका गैरकानुनी आप्रवासीलाई स्याङ्गचुअरि सिटीमा लगेर छाडन ह्वाईट हाउसले सीमा सुरक्षा तथा इमिग्रेसन अधिकारी दवाव दिने गरेका छन् । ट्रम्प प्रसासनकै निर्देशनमा गत नोभेम्बर र फेब्रुवरीमा कैयन आप्रवासीलाई बसमा हालेर सन फ्रानसिस्को पठाईको परिचय दिन नचाहने गृह मन्त्रालयका अधिकारीले बताएको दि वासिड.टन पोस्टले जनाएको छ ।

गत नोभेम्बरमा आप्रवासीको काराभान मेक्सिको सीमामा आएको बेला र फेब्रुवरीमा विपक्षी डेमोक्र्याटसंग सीमा विषयमा चरम विवाद भएको बेला यस्तो आदेश दिइएको दि वासिड.टन पोस्टलाई प्राप्त ईमेलले देखाएको छ । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटीभकी सभामुख न्यासी पेलोसीको गृहनगर सनफ्रानसिस्को र अन्य डेमोक्र्याटको पकडमा रहेका स्याङ्गचुअरि  सिटीलाई टार्गेट गरिएको ति अधिकारीहरुले बताए ।

ह्वाईट हाउसले नोभेम्बर १६ मा गृह मन्त्रालय, सीमा सुरक्षा जस्ता विभिन्न निकायलाई पठाएको ईमेलमा पक्राउ परेका आप्रवासीलाई साना तथा मध्यम स्याङ्गचुअरि सिटीमा लगेर छाडन निर्देशन दिइएको थियो । गैर कानुनी आप्रवासीलाई सर्पुदगी गर्न नचाहने सहरमा ठूलो संख्यामा आप्रवासी छाडेर समस्या खडा गर्न यस्तो निर्देशन दिइएको हो ।

ह्वाईट हाउसले सीमा सुरक्षा तथा इमिग्रेसन अधिकारीलाई निर्देशन दिएको इमेलमा जेलको अभावका कारण पक्राउ परेका आप्रवासीलाई स्याङ्गचुअरि सिटीमा छाडनु उल्लेख भएपनि यसको भित्री आसय डेमोक्र्याटहरुलाई अप्टारोमा पार्ने पनि हो । “यसको भित्री आसय राजनीतिक प्रतिशोध हो,” गृह मन्त्रलायका अधिकारीले बताए ।

गत फेब्रुवरीमा ह्वाईट हाउसले फेरी पक्राउ परेका आप्रवासीलाई सेन्चुरी सिटीमा छाडने निर्देशन दिएपछि इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईसिइ) को कानुनी विभागले उक्त निर्देशन नमान्ने जवाफ पठाएको थियो । यसबारेमा वासिड.टन पोस्टले राखेको जिज्ञासामा ह्वाईट हाउस र गृह मन्त्रालयले लगभग एउटै जवाफ दिएका छन् ।

“त्यो एउटा आईडिया थियो । त्यो आईडिया राखियो र अस्वीकार पनि भयो । त्यसपछि कुनै छलफल भएको छैन,” ह्वाईट हाउस र गृह मन्त्रालयको जवाफमा भनिएको छ । सभामुख पेलोसीको कार्यालयले उक्त योजनाको निन्दा गरेको छ । “यो प्रसाशनको पाखण्डी र निन्दनिय कार्य हो,” पेलोसीकी प्रवक्ता इस्ली इन्टिनीले भने ।

सन् २०१५ गैरकानुनी आप्रवासीबाट सन फ्रानसिस्कोमा अमेरिकी नागरिकको हत्या भएको थियो । ट्रम्प स्याङ्गचुअरि सिटीमा पक्राउ परेका आप्रवासी छाडेर पुनः त्यस्तै हिंसा भडकाउन चाहन्थे । गत डिसेम्बर ७ मा कान्सास सिटीमा भएको सेफ नेवरहुड कन्फ्रेन्समा ट्रम्पले स्याङ्गचुअरि सिटी अमेरिकी सुरक्षामा कालो दाग भएको बताएका थिए ।

त्यसको एक महिना नबित्दै ह्वाईट हाउसको यस्तो निर्देशनले दिएबाट ट्रम्प प्रसासन स्याङ्गचुअरि सिटीमा अस्थिरता खडा गरी विपक्षी डेमोक्र्याटलाई बदनाम गराउन उद्दत देखिन्छ ।

स्रोतः दि वासिड.टन पोस्ट

प्रतिक्रिया