बिहीबार, असार १० २०७८
काठमाडौं ०३:४६
वासिङटन डिसी 18:01

अमेरिकी अध्यागमन अधिकारीलाई झुटो बयान दिदा मेक्सिको को ब्याकम शहरका नगर प्रमुखलाई १५ महिनाको कारावास

इनेप्लिज २०७५ चैत २८ गते ०:५४ मा प्रकाशित

अमेरिकी अध्यागमन अधिकारीलाई मेक्सिको को ब्याकम शहरका नगर प्रमुखले झुटो बयान दिदा उनलाई १५ महिनाको कारावासको सजाय भएको छ । उनलाई गत अप्रिल ८ ,२०१९ का दिन उक्त सजाय सुनाइएको हो । ४७ बर्षिय रोजेलियो एबोयेते लिमन नामक नगर प्रमुखलाई उक्त सजायको साथै ३ बर्ष सम्म रेखदेख गरिने समेत भएको छ ।

उनलाई अमेरिकी वरिष्ठ जिल्ला न्यायाधिस रयानर सी कोलिंसले १ बर्ष ३ महिनाको सजाय सुनाएका हुन् । उनलाई पहिले नै गलत बयानको साथै निवेदन तथा राहदानी प्रयोग गरेकोमा आरोप लगाइएको छ ।

गत बर्ष डिसेम्बर २७,२०१८ मा किर्ते अमेरिकन राहदानी प्रयोग गरि अमेरिका छिर्ने प्रयास गर्दा उनलाई पक्राउ गरिएको थियो । उनलाई एरिजोनाको एक प्रवेश बिन्दुमा छिर्ने प्रयास गर्दा समातिएको थियो ।

लिमोनले सन् २००५ मा नै राहदानी प्राप्त गरेका थिए जसलाई उनले सन् २०१५ मा नवीकरण गरेका थिए र पटक पटक प्रयोग गरेका थिए । जव नवीकरण सम्बन्धि निवेदन अर्का व्यक्तिको हुलिया (आईडेनटिटी)प्रयोग गर्दै आफू अमेरिकन नागरिक हु भनि दावी गरेका थिए । जस्मा अर्काको नाम मेटाएर पहिले नै प्रयोग गरेका थिए ।

लेमोन मेक्सिको को ब्याकम शहरका नगर प्रमुख हुन् । उनि नगर प्रमुख हुदै उनलाई पक्राउ गरिएको थियो ।

तस्बिर : फक्सन्यूज

प्रतिक्रिया