बिहीबार, असार १० २०७८
काठमाडौं ११:४८
वासिङटन डिसी 02:03

उपप्रधान मन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल द्वारा तीन पटक गिनिज बिश्व बिजेता उज्ज्वल ठकुरी सम्मानित

इनेप्लिज २०७५ चैत १८ गते २१:३६ मा प्रकाशित

 

तीन पटक गिनिज बिश्व बिजेता बनेका उज्ज्वल ठकुरी लाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्मान गर्नु भएको छ । गत मार्च ३१ तारिख न्यू योर्क ज्याक्सन हाइटमा उनलाई सम्मान गरिएको हो ।

उक्त सम्मान कार्यक्रममा नेपाली प्रवासी मन्च अमेरिकाका अध्यक्ष प्रभु थापा द्वारा खेलाडीहरुको इज्ज़त र सम्मान अन्तर्राष्ट्रिय स्तरमै हुनु पर्छ र देशले गर्व गर्नु पर्छ भनि आफ्ना मन्तब्य राखेका थिए । उक्त कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ठकुरीले ३ पटक बिश्व रेकर्ड राख्न सफल भए बापत र देशको नाम राखेको कारण सम्मान गर्नु भएको हो ।

सम्पूर्ण संघ संस्था द्वारा ताली सहित पोखरेल द्वारा खुसि प्रकट गर्दै विदेशमा बसेर यसरी देशको नाम राखेकोमा हृदय देखि धन्यबाद दिनु भएको थियो ।

सोहि कार्यक्रममा उज्ज्वल ठकुरी द्वारा नेपालको खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जनको निबेदनमा उल्लेखित राष्ट्रिय खेलाडीहरुलाई चाहिने चार बुंदा रक्षा मन्त्रि ईश्वर पोखरेलले मनन गर्नु भएको छ । प्रत्येक प्रदेशका खेलकुद परिषदलाइ आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सम्पूर्ण खेलका खेलाडीहरुलाई सम्मान रुपले कम्तिमा पनि एक हप्ता बन्द प्रशिक्षणमा राखेर आवश्यक कसरत र खाजा नास्ताको व्यवस्था गर्नु पर्ने हुन्छ I

खेलकुद परिषदले दिनु पर्ने आवश्यक सुबिधा बाहेक अन्य आवश्यक खेल सामाग्री र ड्रेस प्रत्येक खेल अनुसार प्रत्येक प्रदेशमा उपलब्ध गराउन अनुरोध गर्नु भएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरुलाई ब्यवस्थापन गर्नको लागि सम्बन्धित खेलका खेल संघहरुलाई जिम्मेवार दिन अनुरोध र राजनीतिढंग नभई खेलमा योगदान र अनुभव भएका व्यक्तिलाई प्रशिक्षक र टिमको जिम्मेवारी दिनुपर्ने र सो ठाउमा फोहोर मैला धुम्रपान मध्यपान मनाहिको सूचना जारि गर्नु पर्ने कुरा राख्नु भो । र प्रत्येक खेलाडी देशको हिरो हो  । प्रत्येक खेलाडी नै पहिलो नम्बर पर्छ, देश को नाम बिश्वमा चिनाउन पर्छ भन्नुभयो ।

त्यस्तै अमेरिकामा रहेको सम्पूर्ण संघ संस्था लाई धन्यबाद दिंदै एनआरएन अमेरिका तथा ग्लोबल अमेरिकाले उज्ज्वल ठकुरीलाई धन्यबाद ज्ञापन पत्र दिनु पर्ने कुरा गर्नु भयो । अरु थप बिश्व रेकर्ड राख्ने कुरा गर्दा एनआरएन अमेरिकाले खोजेर सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।

 

प्रतिक्रिया