आइतबार, जेठ ५ २०७६
काठमाडौं २३:२२
वासिङटन डिसी 13:37

अमेरिकाको २०१९-२०२१ निर्वाचनमा कृष्ण जिवी पन्थले उपाध्यक्ष पदमा उम्मेदवार घोषणा

इनेप्लिज २०७५ चैत ३ गते १४:२९ मा प्रकाशित

तनहुं जिल्लाको घांसीकुवामा जन्मिएका कृष्णजीबी पन्थ नेपाल हुँदै देखि सामाजिक कार्यमा सक्रिय व्यक्तित्व हुन् । नेपालमा रहंदा समाज कल्याण मन्त्रालयको सहयोगमा युसेप नेपालद्वारा संचालित नेपालको पहिलो बाल सुधार गृह, सानोठिमी, भक्तपुरमा संयोजकको रुपमा काम गर्नु भएको थियो । बाल सुधार गृह नेपालका विभिन्न अभियोगमा जेलबन्दी बिताईरहेका १८ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई जेलबाट मुक्त गरी सुधारगृहमा राखी शिक्षा, स्वास्थ्य, बालअधिकार पैरवी तथा सामाजिक पुन:थापन जस्ता गहन सवालहरुमा काम गर्ने संस्था हो । उहाँले यो परियोजना स्वीकृत, संचालन तथा कार्यन्वयनका साथै कुशल व्यवस्थापकको रुपमा एक दशकसम्म नेतृत्वदाई भूमिका निर्वाह गर्नु भएको थियो । साथै नेपालको “युनेस्को अभियान”मा सक्रिय भूमिकामा रहनु भएको थियो । त्यसैगरि नेपालमा भएका हरेक प्रजातान्त्रिक आन्दोलनहरुमा उहाँको विशेष योगदान रहेको थियो ।

अमेरिका आएपछि पन्थ डिसी महानगर क्षेत्रमा ब्यबसाय गर्दै आएका सरल स्वभावका व्यक्ति हुन्। नेपालीहरुका विभिन्न संघ-संस्थाहरुमा नजिक रहेका पन्थ गैरआवासीय नेपाली संघको अभियानमा पनि उत्तिकै रुपमा सकृय छन्। निर्वाचनमा आकांक्षी पन्थले आफ्नो क्षेत्रमा घर-दैलो नै गरेर सदस्य बन्न प्रेरित र सहयोग गरेका थिए। पन्थका आफन्त, साथी र सपोर्टहरुले अमेरिकाको थुप्रै शहरहरुमा उनको सपोर्टमा सदस्यहरु बन्न प्रेरित गरेको र बनाएको खबर प्राप्त भएको छ।

उहाँले बाल्टिमोरको हिन्दु-बुद्ध मन्दिर स्थापनाका लागि चालिएको महाअभियानमा व्यक्तिगत तथा सामुहिक रुममा ठुलो योगदान गरेका थिए । हाल उनी सो मन्दिरका ट्रष्टी समेत रहेका छन् । त्यसैगरी उहाँले बाल्टिमोर एसोसीयसन अफ नेपालिज इन अमेरिका (बाना ) को सामुदायिक भवन बनाउन समेत सहयोग गरेका थिए। पन्थ बानाको सल्लाहकार तथा सामुदायिक भवनको ट्रष्टी हुन्। समाजसेवी भावनाका पन्थले नेपालमा बिधालय, बालसुधार गृह तथा बृद्धाश्रमहरुलाई सहयोग गर्दै आइरहेका छन्।

हाल नेपालीहरुलाई “व्यवसायको स्वामित्व आफैं लिउँ” भन्ने अभियानका साथ इण्टर्प्रेनरको रुपमा अगाडी बढ्न उत्प्रेरित गर्दै आएका छन। उनले सामान्य र थोरै लगानीमा पनि पार्टनर बनाएर उनीहरुको मनोबल बढाउंदै लगेका छन्। समाज मिलाउन र जोडेर लैजाने कार्यमा कृष्ण जिवी पन्थ एउटा असल नमुना मानिन्छन।

प्रतिक्रिया