मंगलबार, जेठ ७ २०७६
काठमाडौं १८:२३
वासिङटन डिसी 08:38

अमेरिकाबाट आयो नेपाली हास्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’

इनेप्लिज २०७५ फागुन ३ गते ११:०९ मा प्रकाशित

संवाददाता/ भर्जिनिया, संयुक्त राज्य अमेरिका । नेपाली साहित्यिक श्रेत्रमा चर्चित कथाकार/गीतकार सुबिसुधा आचार्यले नेपाली हास्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’ लिएर आएकी छिन् । पाक्षिक रूपमा ल्याइने यस श्रृंखलामा लेखन/निर्देशन सुबिसुधा आचार्य स्वयमको रहेको छ । लामो समय देखि सुबिसुधा संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको फेडरिक्सवर्ग शहरमा बस्दै आएकी छिन् ।

अमेरिका र अमेरिकामा रहेका नेपालीहरूको वास्तविकता सबै सामू ल्याउन नेपाली हास्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’ ल्याएको सुबिसुधाले बताइन् । सुबिसुधा, भिम दाहाल, एकान्त मगर, सृष्टि आचार्य, अर्पना पोख्रेल, सनि सुनवार, माया तामाड., एलेन, मोतिराम लगायतको अभिनय रहेको हास्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’ का प्रोडक्सन म्यानेजर केशव आचार्य बताएका छन् । नेपाली हास्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’ भाग-२ हेर्नुहोस्

प्रतिक्रिया