शुक्रबार, माघ ७ २०७८
काठमाडौं २०:३४
वासिङटन डिसी 09:49

स्टेट अफ युनियन एड्रेसः के भन्लान ट्रम्पले आज ?

सम्बोधनमा दक्षिणी सीमा पर्खाल र सुरक्षा मुख्य मुद्दा

यादवराज जोशी २०७५ माघ २३ गते ०:५१ मा प्रकाशित

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वी समय अनुसार आज राती नौ बजे अमेरिकी संसदको दुवै सदनको संयुक्त बैठकमा स्टेट अफ युनियन एड्रेस (सम्बोधन) गर्दै छन् । उनको सम्बोधनमा के कस्ता विषय समावेस हुने छन भन्ने सर्वत्र चासोको विषय बनेको छ ।

गर्भमेन्ट सटडाउन बन्द्य भएको ११ दिन पछि र सम्भावित सटडाउनको १० दिन अगाडि साथै २०२० मा हुने राष्ट्रपतिय निर्वाचनको परिवेशमा ट्रम्पको युनियन एड्रेस निकै महत्वपूर्ण हुने अमेरिकी सञ्चार माध्यमले बताएका छन् ।

ह्वाईट हाउस अधिकारीका अनुसार, दक्षिणी सीमामा पर्खाल लगाउने र सीमा सुरक्षा सम्बोधनको मूख्य विषय हुनेछ । दक्षिणी अमेरिकी राष्ट्र भेनेजुयलाका बारेमा पनि ट्रम्पले अमेरिकी सरकारको धारणा र भूमिका स्पस्ट पार्ने पिबिएस न्यूले बताएको छ । राष्ट्रपति ट्रम्पले चीन, अफगानिस्तान, सिरिया, रुसका बारेमा पनि चर्चा गर्ने छन । विश्व राजनीति र अर्थतन्त्रको परिप्रेक्षमा ति देशको चर्चा हुने अनुमान छ । ट्रम्पको सम्बोधनका धेरै विषय गोप्य राखिएको छ ।

राष्ट्रपतिको सम्बोधन सकिए लगत्तै विपक्षी डेमोक्र्याटको तर्फबाट जर्जियाकी डेमोक्र्याट नेत्री स्ट्याकी अब्राहमले प्रतिक्रिया दिने छन् । उनीहाल कुनै पनि निर्वाचित पदमा छैनन् । राष्ट्रपतिको युनियन एड्रेसमाथि विपक्षीको प्रतिक्रिया दिने उनी पहिलो अश्वेत महिला बन्ने छिन ।

राष्ट्रपति ट्रम्पले सम्भावित राष्ट्रिय संकट घोषणा गर्ने भएमा त्यसको लागि के कस्ता कारण पेस गर्ने छन् भन्ने विषय पनि आज राति ९ बजेको युनियन एड्रेसको आर्कषण हो । ट्रम्पले काँग्रेसले सीमा पर्खाल लगाउन आवश्यक ५.७ अर्ब बजेट निदए राष्ट्रिय संकट पनि लगाउन सक्ने बताउदै आएका छन् ।

स्रोतः एजेन्सीहरु

प्रतिक्रिया