बुधबार, माघ ५ २०७८
काठमाडौं १७:१०
वासिङटन डिसी 06:25

स्पेनिस ला लिगामा बार्सिलोना शीर्ष स्थानमा, बार्सा विजयी

इनेप्लिज २०७५ माघ ७ गते ३:३० मा प्रकाशित

लण्डन, ७ माघ । स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको यात्रा कायम राखेको छ । आइतबार राति भएको खेलमा बार्साले लेगानेसलाई ३–१ ले हरायो । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउनका लागि लुइस स्वारेज, ओशमान डेम्बेले र लियोनल मेस्सीले गोल गरे ।

जितसँगै बार्सिलोनाले तालिकामा पाँच अंकको अग्रता कायम राखेको छ । कोपा डेल रे अन्तर्गत हुन लागेको सेभियाविरुद्धका खेलका लागि भनेर प्रशिक्षक अर्नेस्तो भाल्भार्डेले लियोनल मेस्सीलाई आराम दिएका थिए ।

ओश्मान डेम्बेलेको पहिलो हाफको अग्रतालाई मार्टिन ब्रेइथवेटले बराबरी गोल गरेका थिए । खेलको एक घण्टापछि बेञ्चमा रहेका मेस्सी मैदान प्रवेश गरे । मैदान आउनेबित्तिकै मेस्सीले डिबक्सको बाहिरबाट उत्कृष्ट प्रहार गरे पनि गोल हुन सकेन ।

७१औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई फेरि अग्रता दिलाए । इन्ज्युरी समयमा मेस्सीले पनि गोल गरेपछि बार्सिलोना ३–१ ले विजयी भयो ।

बार्सिलोनाले ४६ अंक बनाएको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ४१ अंक छ । लेगानेस भने २२ अंकसहित १४औं स्थानमा छ । एजेन्सी

प्रतिक्रिया