आइतबार, चैत १० २०७५
काठमाडौं ०९:००
वासिङटन डिसी 23:15

डीसीमा छक्का पन्जा ३ हेर्न अमेरिकामा जन्मेका दोश्रो पुस्ताहरु देखिए

विजय थापा २०७५ पुष २२ गते २३:३१ मा प्रकाशित

भर्जिनियामा प्रदर्शन भएको चलचित्र‘छक्का पञ्जा ३’हेर्न अमेरिकामा जन्मेका दोश्रो पुस्ताका बालबालिकाहरुको उपस्थिति निकै उत्साहजनक रहन गएको छ । उक्त चलचित्र हेर्न छुटेका तथा समय व्यवस्थापन गर्न नसकी चलचित्र हेर्न नभ्याएकालाई दर्शकहरुको माँग अनुसार अन्तिम पटक प्रदर्शन गरिएको जानकारी आयोजक मध्ये कै कलाकार पुस्कर पन्तले बताए ।

चलचित्र भर्जिनियाको फल्सचर्च स्थित डीसी चलचित्र मन्दिरमा प्रदर्शन भएको थियो भने टिकट दर $ १५ डलर राखिएको थियो । चलचित्र ठिक २ बजे सुरु भएको थियो । पहिलो पटक प्रदर्शन भन्दा कम दर्शकहरु भएता पनि घाटा बेहोर्नु नपरेको आयोजक मध्ये कै रोशन पुरीले ईनेप्लिज डटकमलाई बताए ।

आएका दर्शक तथा अमेरिकामा जन्मेका बालबालिका तथा किशोरकिशोरीहरुले चलचित्र राम्रो लागेको बताए । दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेल,दीपिका प्रसाई लगायतको मुख्य भुमिका रहेको छ ।

अतिथि भुमिकामा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत लगायत रहेका छन् । सरकारी बिद्यालय र निजि बिद्यालयको बिषय चलचित्रले उठाएको छ ।दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले हास्यव्यंग्य कथामा सामाजिक सन्देश बोकेको छ ।

प्रतिक्रिया