बाल्टिमोरमा बिधार्थीलाई गाडीले ठोकेर भागेर मारेको अभियोगमा नेपाली मूलका गुरुङ प्रहरी द्वारा पक्राउ
अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोरमा टाउसन बिश्वबिद्यालयका बिधार्थीलाई गाडीले हानेर भागेर मारेको अभियोगमा नेपाली मूलका गुरुगलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी अधिकारीले ३६ बर्षिय मन बहादुर गुरुङ नामक नेपालीलाई पक्राउ गरेका छन् । प्रहरीका अनुसार १४०० बल्क अफ चेसाको एभेन्यु मा बसोबास गर्ने गुरुङको सवारी साधन २०१७ को खैरो टोयोटा भएको पत्ता लगाएका छन् ।
गुरुङले गत डिसेम्बर ८ तारिखका दिन रति राती १०;३० बजे टाउसन बिश्व बिद्यालयका २० बर्षिय बिधार्थीलाई रुक्स्टन रिज सडकको दक्षिणमा रहेको नर्थ चार्ल्स स्ट्रिट (गल्लि ) मा बाटो काट्ने क्रममा गाडीले ठोकेर हिडेका थिए । प्रहरीका अनुसार उक्त बिधार्थीलाई गाडीले हिर्काए पछि अर्को दोश्रो गाडीले पनि हिर्काएको थियो ।
उक्त निधन भएका २० बर्षिय बिद्यार्थीको नाम जुनियर आर्मुह हो । निधन भएका बिधार्थीका साथीका अनुसार उनले गेथेसबर्ग उच्च माध्यमिक बिद्यालयमा अध्ययन गरेको भनि बताएका छन् ।
उक्त दोश्रो चालकले गाडी रोकेर प्रहरीको ९११ मा खबर गरेका थिए तर उक्त बिधार्थीको अस्पतालमा निधन भएको थियो भनी प्रहरीले जनाएको छ । दुर्घटना पछि त्यहाँ बाट भागेका गुरुग माथि प्रहरीले ४ वटा अभियोग लगाउने भएको छ । गुरुङलाई बाल्टिमोर काउन्टी बिभागको सुधार गृहमा राखिएको छ भने उनको जमानत अस्वीकृत दर्जामा रहेको छ ।
अमेरिकामा हिट एण्ड रन अर्थात् सवारी साधनले ठोकेर भाग्नेलाई अपराध मानिन्छ । यसको परिणाम निकै गम्भीर हुन्छ । अमेरिकाका विभिन्न राज्यमा यसरी गाडीले ठोकेर भागेमा ५ हजार देखि २० हजार डलर सम्म जरिवाना गराउदछ ।साथै १५ बर्ष को कैद जरिवाना समेत हुने हुन्छ । तर यहाँ मानिसको मृत्यु भएको अवस्था छ ।
स्रोत :डब्लुएमएआर२ न्युज डटकम
तस्बिर :बाल्टिमोर काउन्टी प्रहरी बिभाग
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया