शनिबार, भदौ ४ २०७९
काठमाडौं ०२:३८
वासिङटन डिसी 16:53

अमेरीकामा बन्यो गुन्जनको ‘माया कस्तो लाएँ’ को भिडियो

इनेप्लिज २०७५ मंसिर १५ गते १४:२९ मा प्रकाशित

अमेरीकामा बस्दै आएकि गुन्जन उपाध्यायलाइ गायनमा खुबै रुचि छ । सानै देखि सांगीतिक माहोलमा रमाउदै आएकि गुन्जनले बाल्यकालमा धेरै गीत , भजन गाइन र केहि गीत रेकर्ड पनि गरिन् । उनले भर्खरै ‘माया कस्तो लाएँ’ बोलको गीतको भिडियो सार्वजनिक गरेकि छिन् । रेकर्डिङ देखि म्यूजिक भिडियो छायांकन र सम्पादन सबै अमेरीकामा नै गरिएको यो गीतलाइ गुन्जनका पिता तुंगनाथ उपाध्यायले लेखेका हुन् भने संगीत पनि उनकै हो । नेपालमा रहँदा बिभिन्न बिधालयमा संगीत गुरु भएर काम गरिसकेका उपाध्यायले अमेरीकामा पनि नेपाली गीत संगीत , सस्कृति जोगाउन र अहिलेको पुस्तालाइ नेपाली गीत संगीत , वाद्यवादनको संयोजन र प्रशिक्षण गराइरहेका छन् । नेपाल आफैमा गीतकार सगीतकार तथा गायक पनि हुन् । सार्वजनिक यो गीतको एरेन्ज भद्रेश्वर बर्मनले गरेका छन्

सार्वजनिक यस भिडियोमा रिता याम्फू र जिन जेङ्ग को अभिनय रहेको छ । भिडियोलाइ मन्जिल श्रेष्ठले छायांकन सम्पादन र निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट तथा कथा अन्तरा उपाध्यायको रहेको छ ।

हेरौ यो भिडियो ।

प्रतिक्रिया