शनिबार, असोज ९ २०७८
काठमाडौं ०३:३७
वासिङटन डिसी 17:52

क्यालिफोर्नियाको आगलागीमा मृत्यु हुनेको संख्या ८६ ,अझ ५ सय जना बेपत्ता

इनेप्लिज २०७५ मंसिर ६ गते १२:२२ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया कै ईतिहास कै खतरनाक सर्वाधिक ठूलो आगलागीमा गत नोभेम्बर २१ तारिख सम्म मर्नेको संख्या ८६ पुगेको छ । अधिकारीले अझ ५ सय जना बेपत्ता भनि जनाएको छ । उक्त भिषण आगलागीले झन्डै ४०० वर्ग माइल्स क्षेत्रलाई नष्ट बनाई दिएको छ । क्यालिफोर्नियाको वन तथा अग्नि नियन्त्रकअधिकारीका अनुसार ६४ वटा लाश को सनाखत गरि सकेको बताएको छ ।

कुल मर्ने संख्या मध्ये मै उत्तरी क्यालिफोर्नियाको ब्युट काउन्टीमा कम्तिमा ८३ जनाको मृत्यु भएको उल्लेख गरेको छ । साथै यो राज्यको इतिहासमा सबै भन्दा घातक र सबैभन्दा विनाशकारी जंगली आगो भएको छ ।

गत बुधबार सम्म बेपत्ता हुनेको संख्या ५ सय ३६ पुगेको ब्युट काउन्टीका कोरी होनियाले दिएको समाचार एबिसीमा समाचार छ ।

तस्बिर स्रोत ” नोअह बर्गर/एपी

प्रतिक्रिया