शनिबार, मंसिर १ २०७५
काठमाडौं ११:१५
वासिङटन डिसी 00:30

मध्यावधी निर्वाचन २०१८

डेमोक्रेटले हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमत हासित गर्ने

यादवराज जोशी २०७५ कार्तिक २१ गते ४:२४ मा प्रकाशित

 

डेमोक्रेटिक पार्टीले हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमत हासित गर्ने निर्वाचन २०१८ को प्रारम्भिक नतिजाले देखाएको एबिसि न्युजले जनाएको छ । यस्तै सिनेट रिपव्लिकनको कब्जामा रहने छ । अमेरिकाको पूर्वी तटीय समय अनुसार, राती ११ बजेसम्म घोषित नतिजामा डेमोक्रेटिक पार्टीको सिनेटमा ४१ स्थान रहेको छ भने रिपव्लिकनको ५० स्थान रहेको छ । सिनेटमा एकसय सिट छन् ।

यसैगरी चारसय ३६ सिटको हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्रेटिक पार्टीले एकसय ३५ स्थानमा बिजय प्राप्त गरेको छ । रिपव्लिकन पार्टीले एकसय ४५ सिट हासिल गरिसकेको छ ।गणना भैरहेका सिट मध्ये १६ सिटमा डेमोक्रेटिक पार्टी अगाडी छ । रिपव्लिकन पार्टी २६ सिटमा अगाडि छ । ३० सिटमा कडा प्रतिस्पर्धा चलिरहेको छ ।

डेमोक्रेटिक पार्टीका बर्नी सेन्डर र रिपव्लिकन पार्टीका टेड क्रुजले विजय हासिल गरेका छन् ।

 

प्रतिक्रिया