शनिबार, मंसिर १ २०७५
काठमाडौं १०:१३
वासिङटन डिसी 23:28

देउसी भैलो -नेपाली पाठशालाको

विजय थापा २०७५ कार्तिक १३ गते ०:०० मा प्रकाशित

डीसी। अमेरिकाको भर्जिनियाको सेन्टरभिलमा स्थापित नेपाली पाठशालाका विद्यार्थीहरुले भैलो देउसी खेल्ने भएका छन् । गत बर्ष पनि देउसी भैलो खेल्नुको साथै नेपाली संस्कृति झल्कने गीतमा आफुले जानेका नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

उक्त पाठशालामा अमेरिकामा जन्मेका बालबालिका तथा दोश्रो पुस्ताका बिद्यार्थीहरुलाई नेपाली पढाइन्छ भने अन्य क्रियाकलाप पनि गराइन्छ । आगामी नोभेम्बर ३ तारिख शनिबारका दिन दिउसो २:३० देखि प्रारम्भ गर्ने पाठशालाले जनाएको छ ।

डीसी महानगर क्षेत्र वरपर बसोबास गर्ने सबैमा उनीहरुलाई प्रोत्साहन र हौशला प्रदान गर्न सहभागिता जनाउन आग्रह गरिएको छ । संस्थापक तथा संचालक बिना खड्कालामाले बालबालिकालाई हाम्रो भाषा ,संस्कृति ,पर्वहरुलाई अहिले देखि नै सिकायौ भने उनीहरुले जान्ने छन् र त्यो युगौ युग सम्म हाम्रो पहिचान रहने बताइन् ।

यसै गरि प्रधानाध्यापक बिष्णु खरेलले दोश्रो पुस्ता र अमेरिका मा जन्मेकालाई यसरी सिकाउदै जानु हाम्रो कर्तब्य तथा धर्म हुने बताए । साथै डीसी महानगर क्षेत्रमा यमपञ्चक सुरु हुन अगाडि नै अन्य संघ.संस्थाहरुले पनि देउसी भैलो खेल्ने अग्रिम सूचना सार्बजनिक गरेका छ्न

दशैंको १५ दिनपछि आउने सबैभन्दा ठूला पर्वहरु मध्ये एउटा चाड हो । यो चाड कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ।

हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको त्योहार शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ।

प्रतिक्रिया