डीसीमा यमपञ्चक प्रारम्भ अगाडी नै देउसीभैलो खेलिने ,चहलपहल सुरु
डीसी महानगर क्षेत्रमा यमपञ्चक सुरु हुन अगाडि नै देउसी भैलो खेल्ने अग्रिम सूचना सार्बजनिक भएको छ । मेरिल्याण्ड राज्यमा स्थापित नेपाल सांस्कृतिक तथा शैक्षिक केन्द्र (एनईसीसी)नेपाली पशुपति बुद्ध मन्दिर को पहलमा यस बर्ष पनि देउसी भैलो कार्यक्रमको मिति,तिथि,स्थान तथा शहरहरुका नाम सहित सार्बजनिक गरेको छ ।
केही समय अगाडी एनईसीसीले १८ औ बार्षिक उत्सव सम्पन्न गर्दै कुल आम्दानीको ३२ प्रतिसत आम्दानी देउसी भैलो बाट रहेको जनाएको थियो । र तत्कालिन समयमा एनईसीसीका सभापतिले देउसी भैलोलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेका थिए ।
एनर्इसीसीले नोभेम्बर ३ देखि नोभेम्बर १७ सम्म देउसी भैलो खेल्ने तालिका निकालेको छ । यस बर्ष ६ दिनमा दुई दर्जन भन्दा ज्यादा स्थानमा खेल्ने भएको जनाएको छ ।
बिदाको दिन मात्र नभएर अन्य कामको दिन समेत गरेर खेल्ने छ । आगामी नोभेम्बर ३ र ४ पछि एकै चोटी नोभेम्बर ८ ,१० ११ मा खेल्ने छ । त्यसपछि भाई टिका समाप्त भएता पनि अन्तिम नोभेम्बर १७ तारिख सम्म खेल्ने छ ।
यस पटक डिसी महानगर क्षेत्रका वुडब्रिज ,मनासस ,साउथ राइडिंग,स्यानटीली ,हरनडन ,सेन्टरभिल ,लोर्टन,पशुपति बुद्ध मन्दिर ,गेथर्सबर्ग ,सिल्भर स्प्रिन्ग्स ,चेभी चेज ,फ्रेडेरिक ,जर्मन टाउन ,कोलम्बिया ,मोन्टो गोमेरी भिलेज आदि स्थानमा खेल्ने निधो गरेको छ ।
एनईसीसीले बिगत ४ वर्षदेखि खेल्दै आएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नोभेम्बर ५ तारिखदेखि सुरु हुने छ । दशैंको १५ दिनपछि आउने सबैभन्दा ठूला पर्वहरु मध्ये एउटा चाड हो । यो चाड कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ।
हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको त्योहार शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ।
भैली अनि देउसी :अयोध्यावासीहरुले आफ्ना परम प्रिय राजाको आगमनमा खुशियाली मनाएका थिए। श्री रामको स्वागतमा अयोध्यावासीहरुले घिउका दियाहरु बालेका थिए ।
कार्तिकमासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरुको उज्यालोले जगमगाएको थियो। मानिसहरुले घर-घरमा, गल्ली-गल्लीमा देव श्री राम (जसको अर्थ हुन्छ: हाम्रा राम देउता हुन्) को नारा लाउँदै घुमेका थिए ।
देव श्री रामबाट विकृत हुँदै देउसिरी राम, देउसिरे, देउसी भएको अनुमान गरिन्छ सोही परम्परालाई मान्दै आजपनि नेपालीहरु देउसी खेल्दै हिंड्ने चलन छ। देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरुमा एउटा भट्याउने र अरु भट्याउनेको पछि-पछि देउसिरे भन्ने हुन्छन्।
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया