शनिबार, कार्तिक ८ २०७७
काठमाडौं ११:१९
वासिङटन डिसी 01:34

चलचित्र ‘शत्रु गते’ डिसी क्षेत्रको भर्जिनियामा प्रदर्शन हुने

इनेप्लिज २०७४ चैत २४ गते १७:३६ मा प्रकाशित

विजय थापा , प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र ‘शत्रु गते’ चलचित्र डिसी क्षेत्रको भर्जिनियामा प्रदर्शन हुने भएको छ । झन्डै दुई महिना अगाडी यसको  पहिलो गीत सार्वजनिक भएको थियो ।

महजोडीको प्रस्तुतिमा बनेको चलचित्रको ‘रुपै मोहनी’ बोलको गीत सार्वजनिक गरिएको थियो । निर्माण युनिटले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको गीतमा हरिवंश आचार्य, दीपकराज गिरि, पल शाह, दिपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा माथी छायाँकन गरिएको छ ।

अमेरिकाको भर्जिनियामा आर एनआर  ग्रुप तथा केसी डान्स सेन्टर ले प्रस्तुति गर्ने छ । आगामी अप्रिल ८ तारिख मा शत्रु गते भर्जिनिया को फल्स चर्च स्थित डिसी चलचित्र मन्दिरमा हुने छ । टिकट दर १५ डलर राखिएको छ भने दिनको ठिक २ बजे चलचित्र सुरु हुने छ ।

कार्यक्रम को बारे बिस्तृत जानकारी रोशन पुरी,  नविन केसी , तथा,  पुस्कर पन्त संग लिन सकिने जनाएका छन् । लोकराज अधिकारीको शब्द र टंक बुढाथोकिले संगीत रहेको गीतमा टंक र मिना निरौलाको स्वर रहेको छ ।

महजोडी मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज, दीपाश्री, प्रियंका, पल शाह, आँचल शर्मा, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल, शिवहरी पौड्याल लगायतको मुख्य भुमिका रहेको छ  ।

प्रतिक्रिया