शनिबार, कार्तिक ८ २०७७
काठमाडौं १४:०३
वासिङटन डिसी 04:18

” नेपाली संस्था नासा दवारा अमेरिकामा पहिलो आमा समूह गठन”

इनेप्लिज २०७४ फागुन २० गते ४:०८ मा प्रकाशित

लाखौ नेपालीहरुको बसोबास रहेको अमेरिकामा धेरै नेपाली संघ संस्थाहरु भए पनि बिसेष गरि आमा समूहलाइ लक्चित गरि आमाहरुको सामाजिक, धार्मिक, सांस्कृतिक, आर्थिक र बियाक्तिगत बिकाशको निमित्त अहिलेसम्म कुनै पनि नेपाली संघ संस्थाहरुले आमा बिसेसको लागि भनेर आमा समूह गठन नगरेको अवस्थामा दक्चिन पूर्व १५ वटा राज्यमा अवस्थिथ नेपालीहरुको साझा संस्था नेपलिज एसोसियसन अफ साउथ इस्ट अमेरिका (नासा) ले अमेरिकामा बसोबास गर्दै आउनुभएका आमा बिसेसका लागि पहिलो आमा समुह गठन गरेको जानकारी नासाका सांस्कृतिक फाँट प्रमुख बिशाल भारतीले बताए ! हाम्रो संस्थाको एउटा प्रमुख उदेश्य प्रवाशमा हाम्रो नेपाली कला, साहित्य , भाषा संस्कृतिको जगेर्ना , प्रबर्द्दन गर्दै अमेरिकामा रहेका नेपालीहरुको दोश्रो पुस्तामा जागरण लियानु हो , सोहि उदेश्यलाइ मध्यनजर गर्दै आमाहरुमा ब्यक्ति बिकाश र हरेक महिना हरेक आमाहरु एक ठाउमा भेला भाइ दुख सुखको भारि बिसाउने चौतारी पनि हुने भएकोले आमा समूह गठन गरिएको भारतीले बताए ! बिष्णुमाया गिरीको अधक्चयतामा ७ सदस्य सदयस्य सम्मिलित यस समुहले अब महिनामा एकचोटी एकै ठाउमा आमा समूह भेला भइ नेपाली कला, संस्कृति जगेर्ना गर्ने (नेपाली भजन कृतन , संगिनी नाच , बालन नाच , लोकदोहरी नाच इत्यादि ) आयोजना गर्ने बताउनु भयो !

अमेरिकामा बाल बालिका हेरचाह खर्च महँगो हुने भएकोले अमेरिकामा धेरै नेपालीका आमाहरु बिभिन्न समस्याहरु ( भाषा, खानपिन , हावापानी , यातायात, घुमफिर गर्न आवतजावत इत्यादिको ) समस्याको बाबुजुत पनि आफ्नो नाति नातिनी हेरचाह गर्दै घरको भान्छामा दिन बिताई रहेका हुन्छन ! प्राय हफ्तामा एक दिन देखि दुइ दिन सम्म छुट्टि हुने नेपालीहरुको हरेक सप्तांह केहि न केहीको भोज भतेर हुने गर्छ, यस्तो अवस्थामा आमाहरुको आफ्नोलागि बिसेष समय नभएको चनमा हरेक महिना हुने यस्ता कार्यक्रमले आमाहरुमा खुसि , संतुस्ति का साथै आमाहरुमा जागरुकता बढ्ने नासा सांस्कृतिक फाँट प्रमुख बिशाल भारतीले बताए !

प्रतिक्रिया