बिहीबार, साउन १४ २०७८
काठमाडौं ०३:००
वासिङटन डिसी 17:15

कलाकार सरोज खनालको पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ पुष १३ गते २२:१६ मा प्रकाशित
२७ डिसेम्वर, वाशिंटन डिसीआगामी ७ जनवरीमा भर्जिनियाको लोमन्स प्लाजामा प्रदर्शन गरिन लागेको नयाँ नेपाली चलचित्र प्रदर्शनको सन्दर्भमा च्याण्टिलीमा अवस्थित नेपालीहरुको मिलन थलो वन्दै गएको इजी सल्युसनको कार्यालयमा एक पत्रकार भेटघाटको आयोजना गरियो ।
सो अवसरमा कलाकार खनालले पञ्चायत चलचित्र पञ्चायती व्यवस्थासँग सोझै सम्वन्धित नभएको तर पञ्चायत कालको कालो छाया भने यसमा रहेको वताए । चलचित्रमा नेपालका महिलाहरुले भोगिरहेको छाउपडी प्रथालाई समेटेको र चलचित्र मनोरञ्जनात्मकतामा भन्दा ३० वर्ष अघिको समाजको चित्र प्रस्तुत गर्ने उद्देष्यले प्रेरित रहेको वताए ।
उनले चलचित्रमा आफूले विना पारिश्रमिक काम गरेको र निर्माताको खर्च उठेपछि चलचित्र सुटिङ्ग भएको गाउँका लागि खर्च गरिने पनि वताए । सो चलचित्र नेपालमा आगामि महिना प्रदर्शनको लागि तयारी भएको तर त्यसअघि नै यसले सान फ्रान्सिस्कोमा भएको अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा विदेशी भाषाको उत्कृष्ट चलचित्रको पुरस्कारका साथै सर्वश्रेष्ठ नायिकाको पुरस्कार पनि पाएको वताए । सो अवसरमा छोटो प्रोमो पनि देखाइएको थियो l
(समाचार तथा फोटो: www.vpkonlinenews.com सँग सहकार्य)

प्रतिक्रिया