दिप प्रज्वलन कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ भदौ ३ गते ८:१० मा प्रकाशित

नेपालका तराई क्षेत्रमा हालसालै गएको विनाशकारी बाढीको कारणले मृत्यु भएकाहरुको सम्झना तथा घाइतेहरुको शिघ्रस्वास्थ्य लाभको कामना गर्दै अमेरिकाको भर्जिनिया राज्य स्थित फेयरफ्याक्स स्टेशनमा रहेको दुर्गा मन्दिरमा यही अगस्ट १६ तारिखको दिन दिप तथा मैनबत्ती प्रज्वलन गरिएको छ । नेपाली तराइ समुदाय अमेरिका (एसोसिएसन अफ नेपाली तराइ इन अमेरिका) वासिङ्टन डिसी केन्द्रको आयोजना तथा उक्त समुदायका अध्यक्ष अनिल द्वबेदीको सँयोजनमा उक्त कार्यक्रम गरिएको थियो ।

नेपालका तराई क्षेत्रमा हालसालै गएको विनाशकारी बाढीको कारणले भएको ठुलो धनजनको क्षती प्रती नेपाली तराइ समुदाय अमेरिका (एसोसिएसन अफ नेपाली तराइ इन अमेरिका) ले गहिरो सहानुभूति र चिन्ता व्यक्त गरेको गरेको छ।

उक्त विनाशकारी बाढीको कारणले गर्दा घाइते तथा बिरामी हुनु भएका सम्पूर्ण तराइबासीहरुको शिघ्र श्वास्थ्यलाभ साथै मृत्यु भएकाहरुको आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तव्य परिवारमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

उक्त विनाशकारी बाढीबाट पीडित जनतालाई केही राहत प्रदान गर्न नेपाली तराइ समुदाय अमेरिकाले आर्थिक सहयोग जुटाइरहेको पनि छ । नेपाल स्थित स्थानिय निकाए, सामाजिक तथा गैह्र-सरकारी संघसस्था तथा सामाजिक कार्यकर्ताहरुसँग सहकार्य गरी पीडित समक्ष सक्दो राहात पुराउने प्रतिबध्दता नेपाली तराइ समुदाय अमेरिका गर्दछ ।

 

प्रतिक्रिया