बुधबार, कार्तिक ५ २०७७
काठमाडौं ०७:५७
वासिङटन डिसी 22:12

टेक्सस ड्यालसको वहशको तयारी पुरा

इनेप्लिज २०७४ साउन २१ गते १८:४१ मा प्रकाशित

ड्यालस (टेक्सस) – नेपाली समाज टेक्सस, हिमालय खबर अनलाइन र भिजन फर नेपाल फाउण्डेसनको संयुक्त आयोजनामा शनिबार हुने एनआरएन अमेरिकाका अध्यक्षका उम्मेदवारहरको वहश कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।

शनिबार दिउँसो ३ बजे नेपाली समाज टेक्ससको सभाहलमा हुने कार्यक्रमको तयारी पुरा भएको समाजका अध्यक्ष कृष्ण लामिछानेले बताए । एनआरएनको नेतृत्वका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएकाहरुको एजेण्डाका बारेमा आजको वहश केन्द्रित हुनेछ ।

वहशका लागि तीजना उम्मेदवारहरु सहभागी हुने भएका छन् ।वर्तमान अध्यक्ष डा. केशव पौडेल, वर्तमान उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवारहरु राम सी पोखरेल र कृष्ण पोखरेल वहशका लागि ड्यालस आइसकेका छन् ।

कार्यक्रमम सहभागी भएर अध्यक्षका उम्मेदवारहरुसँग जिज्ञासा राख्न र उम्मेदवारहरुका धारणा सुन्न समाजले नेपाली समुदायसँग आग्रह गरेको छ ।

प्रतिक्रिया