बुधबार, कार्तिक १२ २०७७
काठमाडौं ०५:२६
वासिङटन डिसी 19:41

किन दिने बलराम थापालाई भोट ?

इनेप्लिज २०७४ साउन १८ गते १२:५९ मा प्रकाशित

दशक अगाडि तिर नेपालमा बौद्धिक संसारको सामान्य ज्ञान मासिक पत्रिका पढेर धेरैले लोकसेवाको तयारी गर्थे र उतीर्ण पनि हुन्थे । बलराम थापा साँझ बिहान बागबजार तिर भटिन्थे र बौद्धिक संसारका लागि नयाँ नयाँ सूचनाहरुको खोजी गरिरहन्थे । जब उनी अमेरिका आए उनको बौद्धिक संसार पनि सँगसंगै आयो । बौद्धिक क्षमता र समाज सेवाको भावना भएका बलराम अमेरिकामा झन यत्तिकै बस्न कहाँ सक्थे र । बौद्धिक संसार शैक्षिक प्रतिष्ठानको प्रकाशनमा क्यालिफोर्नियाबाट “समुदाय” नामको अखबार निकालेर अमेरिका भरिका नेपालीका घर-घरमा पुर्याउने अभियान शुरु गरे । विभिन्न राज्यमा छरिएर रहेका नेपालीको घरमा समुदाय पुग्न थाल्यो । विगत ५ बर्षदेखि यो क्रम चलिरहेको छ ।

यतिले मात्र समाजसेवाको भोक किन मर्थ्यो उनको । नेपाली भाषा ,साहित्य, कला,संस्कृति र संस्कारको ज्ञान जहाँ नेपाली पुगेका छन त्यहाँ पुर्याउनु पर्छ भन्दै अमेरिकाका बिभिन्न स्थानमा नेपाली पुस्तकालय स्थापना गर्न पहल गर्दै हिडे । लसएन्जलस , आर्टेसीया, नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र वासिंटन डिसीलगायतका ठाउँमा नेपाली पुस्तकहरु पाइने पुस्तकालय स्थापना गरे । यसबाट नेपाली समुदायको दोश्रो पुस्तासमेत लाभान्वित भइरहेको छ ।

बलरामको सामाजिक कामको गति अबिरल छ । दक्षिणी क्यालिफोर्नियामा निक्कै चर्चामा रहेको पुरानो संस्था नेपाली एकता समाजका उनी सस्थापक महासचिब , त्यहीको पशुपति बुद्ध मन्दिर ब्यबस्थापन समितिका सदस्य , अन्तराष्ट्रिय साहित्य समाजका ट्रष्टी , एशोसिएशन अफ नेप्लिज ईन अमेरिका(एएनए) का आजीवन सदश्य , संखुवा सभा समाज अमेरिकाका निबर्तमान उपाध्यक्ष लगायत धेरै सामाजिक संस्थामा सक्रीय सहभागिता छ बलरामको ।
गैर्ह आबासीय नेपाली सँघ (एनआरएन)को आसन्न निर्बाचनमा बलराम थापाले एनआरएनको केन्द्रिय समितिको रुपमा रहेको अन्तराष्ट्रिय समन्वय परिषद्(आईसीसी)को सदस्य पदमा दिएको उमेद्वारीको स्वागत गर्दै अमेरिकाको नेपाली समुदायले थापालाइ मतदान गर्ने निश्चित छ । नेपाली समुदायका लागि समर्पित यस्ता उमेद्वारलाई एनआरएन मतदाताले अवश्य बिजय गराउने छन ।

 

प्रतिक्रिया