बुधबार, कार्तिक ५ २०७७
काठमाडौं ०९:४०
वासिङटन डिसी 23:55

न्यायिक समितीले भन्यो ,निर्वाचन समितिले जोशी संग एक कार्यकाल काम गरेको प्रमाण माग्न आवस्यकता नपर्ने (तात्तातो समाचार )

इनेप्लिज २०७४ साउन ८ गते २:२३ मा प्रकाशित

एनआरएन अमेरिकाको न्यायिक समितिले निर्वाचन समितिलाई अध्यक्ष पदका प्रत्यासी गौरी जोशी संग उनि अध्यक्ष पद का लागि योग्य छन् कि छैनन् भनि उनले एक बर्ष एनआरएन कार्यकारी समिति या अन्तर्राष्ट्रिय कार्यकारी समितिमा काम गरेको प्रमाण माग्न आवस्यकता नपर्ने भनि जानकारी गराएको छ l

बरु निर्वाचित समितिले एनआरएन एनसीसी को बिधान अनुसार आवश्यक कागजात भने माग्न सक्ने छ भनि दुर्गा प्रा भुर्तेल ,गिरिजा गौतम तथा यज्ञ नेपाल रहेको समितिले उक्त पत्राचार निर्वाचित समितिलाई लेखेको छ l

र भोलि जुलाई २३ तारिखका दिन २ बजे अमेरिकाको पूर्वीय समय अनुसार अन्तिम निर्णय हुने भनि छापा बिज्ञप्तिमा जनाएका छन् l

Joshi vs Election commission of NRN NCC of USA decision

कानुनी वैधानिकताको पाटोमा गौरी जोशीको उम्मेद्वारी

बाल्टिमोर,अमेरिका,जुलाई २२ | एनआरएन अमेरिकाको आसन्न निर्वाचनका एक सशक्त मानिएका प्रत्यासी गौरी जोशीको नाम उम्मेदवार सूचीबाट हटाईएपछि चर्केको विवाद अझ विकराल बन्दै गएको छ | अमेरिकामा रहेका एनआरएनका सदस्य,शुभेच्छुक मात्र होइन,यसका स्टेक होल्डर समेत यस विषयका बारे बहसमा उत्रिएका छन् | यसैबीच अध्यक्षका प्रत्यासी जोशीले आफ्नो उम्मेदवारी सार्वजनिक नभएपछि एनआरएन अमेरिकाको न्यायिक समिति समक्ष न्यायका लागि निवेदन दिएका छन् | न्यायिक समितिले सम्भवत: भोलीसम्म यस बारे निर्णय दिनसक्ने बुझिएको छ |

आखिर गौरी जोशी प्रति निर्वाचन आयोग किन यति धेरै पूर्वाग्रही बन्यो त ? यस बारे निर्वाचन प्रमूख बन्दिता शर्मा दाहालले हामीसंगको कुराकानीमा पटक पटक आफुहरु कसैप्रति पूर्वाग्रही नहुने जिकिर गरेकी थिइन् | तर जुलाई १७ मा एनआरएन आइसीसीका उत्तर अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर आयोगलाई हस्तक्षेप हुने गरी पत्राचार गर्नु र जोशीको उम्मेद्वारीलाई प्रारम्भिक सूचीबाटै हटाइनु के संयोग मात्र होला त ? एक कानुनी जानकारका एनआरएन सदस्यले भने,-‘यसलाई संयोग मात्र भन्न मिल्दैन | यो आफैंमा बदनियतपूर्ण र षडयन्त्रमूलक देखिन्छ | कसैको पनि नैसर्गिक अधिकारमा निर्वाचन आयोगका नामबाट यस्तो कार्य हुनु,गरिनु कानुनसम्मत हुँदै होइन,मनोनयन दाखिला गरेका सबैको नाम सार्वजनिक गरेर प्रमाण नपुगेको हकमा दावी,विरोध गर्ने र मनोनयन फिर्ता लिने समयसीमा अनुसार प्रमाण पेश गर्न अवसर दिनुपर्थ्यो |’

अब के हुन्छ ?

एनआरएन अमेरिकाको पहिलो र दोश्रो कार्यकालका लागि निर्वाचन प्रमूख भएर जिम्मेवारी पुरा गरिसकेका अधिवक्ता विनोद रोका प्राविधिक विषयलाई आधार बनाएर कुनै पनि उम्मेदवारको उम्मेद्वारी सूची सार्वजनिक नगरिनु उचित नहुने बताउनुहुन्छ | ‘हामीले प्राविधिक पक्षलाई होइन,कानुनी विषयलाई हेरेर निर्णय गर्नुपर्छ,मैले पनि खगेन्द्र जीसीजी र डाक्टर केशव पौडेलको कार्यकालका लागि चुनाव गराउने क्रममा धेरै त्यस्ता तीतामीठा अनुभव गरेको छु, तर हामीले तटस्थ भएर एनआरएन एनसीसी अमेरिका र अमेरिकी भूमिको कानुन अनुसार काम,कारवाही गर्नुपर्छ | हामीले चुनाव गराउदै गर्दा पनि यो विषय निकै जटिल बनेको थियो | आइसीसी सदस्यका लागि भने कुनै पनि एनसीसीमा एक कार्यकाल काम गरेको हुनुपर्ने भन्ने हो | हामीलाई यस विषयमा आइसीसीको न्यायिक समितिले समेत आइसीसी सदस्यका लागि आइसीसीकै विधान लागु हुने राय दिएको थियो | अमेरिकी भूमिमा विधिवत दर्ता भएको संस्था सोही देशको कानुन अनुसार चल्नुपर्छ र जुन विधान यहाँ दर्ता छ सोही अनुसार चुनाव हुनुपर्छ |

हामीले एनआरएन अमेरिकाको न्यायिक समिति समक्ष यसका लागि अन्तिम राय माग्यौं | त्यो बेला पनि अहिलेकै न्यायिक समिति थियो | उहाँहरुले अमेरिकी भूमिमा विधिवत दर्ता भएको संस्था यही देशको विधि,विधान र कानुन अनुसार चल्ने,संचालित हुने भन्ने निर्णय दिएपछि यसको विवाद निरुपण भएको थियो | तसर्थ एनसीसीको हकमा न्यायिक समितिले दुई वर्ष पहिले नै विवाद निरुपण गरिसकेको छ | एनआरएन एनसीसीको मौजुदा विधानमा पनि दुई वर्ष अमेरिका बसेको र दुई वर्षदेखि साधारण सदस्य रहेको,ग्रीनकार्ड वा नागरिकता (कानुनी वैधानिकता प्राप्त गरेर बसेको सदस्य) भएको कुनै पनि सदस्य कुनै पनि पदका लागि प्रत्यासी बन्न पाउँछ | यो सबै तथ्य र नजीरलाई हेर्दा कसैको पनि उम्मेद्वारी प्राविधिक समस्याका कारण सार्वजनिक नगरिनु न्यायोचित देखिन्न | यद्यपि यसका अन्य विषयका बारे म त्यति जानकार छैन | सदस्यताकै र कार्यकालकै विषयमा कुरा गर्दा हिजो खगेन्द्रजी र डाक्टर पौडेलले पनि एक कार्यकाल कार्य समितिमा रहेर काम गरेको प्रमाण थिएन नि | तसर्थ अहिले यो विषय यति धेरै विवादित बनाउनुपर्ने औचित्य छैन भन्ने मलाई लाग्छ | मेरो कानुनी अनुभवले के भन्छ भने अमेरिकी भूमिमा अमेरिकी कानुन नै कार्यान्वयन हुन्छ | कसैको पनि उम्मेद्वारी एनसीसीको विधान अनुसार मात्र खारेज र कायम हुन सक्छ | यस बाहेक अन्य विधानका आधारमा खारेज र कायम गर्ने गर्ने कुरा बैधानिक हुँदै होइन,हुँदैन |

आजै आइसीसीले जोशीको उम्मेदवारी कायम रहने भन्दै निर्वाचन आयोगलाई पत्राचार गरेको पनि बुझिएको छ | तर यसमा आइसीसीको विधान र पत्र आवश्यक छैन,थिएन | यहाँ चुनाव लड्नेको योग्यता यहाँको विधानले निर्धारण गर्ने हो | एनआरएन अमेरिकाको मौजुदा विधान यसका लागि प्रष्ट छ | मौजुदा विधानको दफा १२८ मा आइसीसी सदस्यका लागि आइसीसीको विधान र गाइडलाइन लागू हुने उल्लेख छ | जुन दफामा एनसीसीका लागि एक कार्यकाल काम गरेको हुनुपर्ने भनेकै छैन भने १२७ मा निर्वाचन आयोगले यही विधान अनुसार एनसीसीको चुनाव गराउनेछ उल्लेख छ | तसर्थ यो विषयलाई यति धेरै बहसको विषय बनाउनु आवश्यक थिएन | तर यो विषय फेरि एकपटक एनसीसीको न्यायिक समिति समक्ष पुगिसकेकोले अब न्यायिक समितिले निर्णय गर्नैपर्छ र हामी सबैलाई सूचित गर्नेगरी आधिकारिक धारणा ल्याउनुपर्छ | आशा छ,न्यायिक समितिले दुई वर्ष गरेको व्याख्यालाई समेत नजीर मानेर यसको समधान गर्नेछ |

के थियो दुई वर्ष पहिले न्यायिक समितिको निर्णय ?

यहाँ संलग्न पत्रले अहिलेको गौरी जोशीको उम्मेद्वारीका बारे रहेको अन्यौल चिर्नेछ भन्ने नजीर देखिन्छ | पढ्नु होस् यो पत्र |

‘s opinion for ICC member election09022015

प्रतिक्रिया