शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०८:३७
वासिङटन डिसी 22:52

नेजा उपाध्यक्ष गुणराज लुइंटेललाई शोक

इनेप्लिज २०७४ जेठ ३ गते १:०० मा प्रकाशित


नेपाल अमेरिका पत्रकार संघ, नेजाका उपाध्यक्ष गुणराज लुइंटेलका ठूलोबुबा
अग्निधर लुईटेलको देहवसानको ११औं दिनमै सहोदर दाजु संचारकर्मी सोमराज
लुइटेलको स्वर्गारोहण भएको दु:खद खबरले हामी अत्यन्त मर्माहत भएका छौ ।
२०३९ सालदेखि दैनिक समाजबाट पत्रकारितामा प्रवेश गरेका सोमराजले समीक्षा
साप्ताहिक, साधना मासिक, युगसम्वाद साप्ताहिक, लोकपत्र दैनिक, सूर्य
दैनिक, सगरमाथा साप्ताहिक जस्ता पत्रिकाका संग संबन्धित भएर काम गर्नु
भएको थियो ।

भोजपुर गोगने गाविसमा २०२० सालमा जन्मिनु भएका लुईटेलले पत्रकारितामा
स्नातक गर्नु भएको थियो । सोमराज लुइटेलको देहावसानका कारण शोकाकुल बनेको
लुइंटेल परिवारलाई यस दुखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै
हार्दिक श्रद्धान्जली व्यक्त गर्न चाहन्छौ ।

नेपाल अमेरिका पत्रकार संघ, नेजा परिवार

प्रतिक्रिया