मंगलबार, साउन १२ २०७८
काठमाडौं ०५:२३
वासिङटन डिसी 19:38

तेक्वान्दो प्रशिक्षक थापा क्यानडामा सम्मानित

इनेप्लिज २०७४ वैशाख १५ गते ०:२६ मा प्रकाशित

नेपाल आइटिएफ राष्ट्रिय ब्ल्याक बेल्ट समितिका अध्यक्ष तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासघका केन्द्रिय सदस्य घम बहादुर थापा लाई लाली गुराँस खेलकुद तथा सास्कृतिक क्लबको आयोजनामा एक कार्यक्रम बिच नेपाली समाजले सम्मान गरेको छ।

तेक्वान्दो बिकासको निम्ति गरेको योगदानलाई कदर गर्दै आगामी दिनमा समेत प्रेरणा गर्नको निम्ति सम्मान गरेको नेपाली जनजाति महासघ क्यानडाका अध्यक्ष तथा नेपाल अन्तरास्ट्रिय तेक्वान्दो महासघका पूर्व महासचिव समेत रहेका गिरि बुढाथोकीले जानकारी दिएका छन् l

उक्त कार्यक्रम मा लाली गुराँस खेल्कुद तथा सास्कृतिक क्लब का अध्यक्ष उत्तम के. सि, युनिभर्शल युनाइटेड तेक्वान्दोमहासघ क्यानडा का अध्यक्ष मस्तर राजु थापा, सि, युनिभर्शल युनाइटेड तेक्वान्दो महासघ क्यानडा का महासचिव तथा एभरेस्ट तेक्वान्दो एकेडेमी क्यानडा का संचालक मास्टर धिरेन शाही, नेपाली जनसम्पर्क समिति का सभापति बुद्धि प्रकाश ओलि, एनआरएन क्यानडाका आइसिसि सदस्य तथा युवा सयोजक तुलाभट्टचन र ढोरपाटन स्पोर्ट्स क्लबका पुर्ब महासचिप आनन्द अर्गेजा लगायत ले स्वागत तथा शुभकामना मन्तव्य रखेका थिए।

प्रशिक्षक थापा फेब्रुअरी ६ देखि अमेरिकामा तेक्वान्दो प्रशिक्षण लिई गत अप्रिल २४ मा सकिएको थियो। प्रशिक्षक थापा मे २ तारिख नेपाल फर्कने कार्यक्रम छ

प्रतिक्रिया