शुक्रबार, असार ४ २०७८
काठमाडौं ०९:०२
वासिङटन डिसी 23:17

‘भाग्यले बाँचेकाहरु’ लाई ८० हजार रुपैँयासहित ‘बोधिसत्व सिल्भर अवार्ड’

इनेप्लिज २०७३ फागुन १३ गते १५:४८ मा प्रकाशित

 


पटना (भारत), १३ फागुन । नेपाली डकुमेन्ट्री फिल्म भाग्यले बाँचेकाहरु (नेपाल अर्थक्वेकः हिरोज सर्भाइभर्स एण्ड मिराकल्स) ले फेरि अन्तर्राष्ट्रिय अवार्ड जितेको छ ।
भारतको बिहार राज्यको पटनामा सम्पन्न बोधिसत्व अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९द्ययमजष्कबततखब क्ष्लतभचलबतष्यलब िँष्mि ँभकतष्खब०ि मा ‘भाग्यले बाँचेकाहरु’ले अन्तर्राष्ट्रिय डकुमेन्ट्री बिधामा ‘बोधिसत्व सिल्भर अवार्ड’ द्ययमजष्कबततखब क्ष्खिभच ब्धबचम जितेको हो । बिहीबार राति पटनामा आयोजित अवार्ड समारोहमा ‘भाग्यले बाँचेकाहरु’का जुरी अध्यक्ष गोविन्द निहालनी ९न्यखष्लम ल्ष्जबबिलष्० ले निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई सिल्भर अवार्डसहित ८० हजार नेपाली रुपैंया नगद (५० हजार रुपैँया भारु), ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । संसारभरका ७ सय ३० वटा डकुमेन्ट्रीमध्ये प्रतिस्पर्धाका लागि ९ वटा डकुमेन्ट्री छानिएका थिए । त्यसमध्ये भाग्यले बाँचेकाहरुले दोस्रो स्थान हासिल गरेको चलचित्र महोत्सवका निर्देशक पंकज श्रेयस्कर (एबलपबव क्जचभथबकपबच० ले घोषणा गरेका थिए ।

 


‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले एकपछि अर्को अवार्ड प्राप्त भएकोमा खुसी व्यक्त गर्दै यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको शान उच्च भएको बताए । ‘यो भाग्यले बाँचेकाहरु टिमलाई मात्र नभई सम्पूर्ण नेपालीका लागि अवार्ड हो ।’– निर्देशक पाण्डेले भने । निर्देशक पाण्डेले गत महिनामात्रै भारतकै राजस्थान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट निर्देशक अवार्ड’ जितेका थिए । बोधिसत्व चलचित्र महोत्सवका अध्यक्ष गंगा कुमारले नेपाली चलचित्रहरुबाट आफू प्रभावित भएको भन्दै थप उत्कृष्ट चलचित्रका लागि शुभकामना दिए ।


नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले एक दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको छ भने ३२ वटा भन्दा बढी देशमा प्रदर्शनका लागि छनौट भएको छ ।
साइन मिडिया प्रालिले निर्माण गरेको यस डकुमेन्ट्रीको छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् । सन् २०१५ को डिसेम्बरमा भएको काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण चलचित्र महोत्सव (किम्फ) मा उत्कृष्ट डकुमेन्ट्री र पब्लिक च्वाइस अवार्ड जितेपछि यसको अवार्ड यात्रा आरम्भ भएको हो ।

प्रतिक्रिया