शनिबार, असार ५ २०७८
काठमाडौं १५:०१
वासिङटन डिसी 05:16

खतिवडाको पक्षमा अमेरिकावासी नेपाली

इनेप्लिज २०७३ पुष २८ गते २१:५९ मा प्रकाशित

जर्जिया,अमेरिका,जनवरी १२ | संविधान सभाका सदस्य माननीय रामहरी खतिवडाको नाम घडी काण्डमा जोडिएको घटना अझै सेलाएको छैन | स्वयम् खतिवडा र घडी धनी प्रवल गुरुङले समेत यस बारे आ आफ्ना तर्फबाट सार्वजनिक जानकारी गराई सकेपछि पनि घडी चोरेको विषयमा सभासद खतिवडाको नाम जोडेर चर्चा गर्ने क्रम जारी नै छ | यो प्रकरण नितान्त व्यक्तिगत चरित्र हत्या गर्ने नियतले सभासद खतिवडालाई बदनाम गराउन नियोजित रुपमा आएको भन्दै अमेरिकामा रहेका खतिवडाका शुभेच्छुकहरुले एक विज्ञप्ति सार्वजनिक गरेका छन् | उनीहरुले भनेका छन्,-‘ हामी दावीका साथ भन्न सक्छौं सभासद खतिवडा एउटा घडी चोर्नुपर्ने हैसियतको व्यक्ति होइन | निरन्तर देश र जनताको सेवामा लागिरहने एक निष्ठाबान युवा नेताले घडी चोरेको भन्ने कथित र घृणित काम गर्न सक्दैन |’
अमेरिकामा विभिन्न क्षेत्रमा रहेका सभासद विधायकका शुभेच्छुकहरुले खतिवडाको पक्षमा जारी गरेको विज्ञप्ति यस्तो छ :

मिति: जनवरी १२, २०१७
ओखलढुंगाबाट निर्वाचित माननीय एवं नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाका बारे सामाजिक संजाल र विभिन्न अनलाईनमा प्रकाशित भै रहेका समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ |
माननीय खतिवडालाई हामी लामो समयदेखि निकै नजिकबाट चिन्छौं र उनको निजी एवं पारिवारिक जीवनका बारे पनि हामी राम्रोसँग परिचित छौं | निरन्तर देश र जनताको सेवामा लागिरहने एक निष्ठाबान युवा नेताले घडी चोरेको भन्ने कथित र घृणित काम गर्न सक्दैन | हामी सार्वजनिक रुपमा नै दावीका साथ भन्न सक्छौं माननीय खतिवडा एउटा घडी चोर्नुपर्ने हैसियतको व्यक्ति होइन | यस बारे माननीय स्वयमले समेत पत्रकार सम्मेलन गरी प्रष्ट पारिसक्नु नै भएको छ | साथै घडी धनी प्रवल गुरुङले समेत यस बारे विज्ञप्ति जारी गरेर प्रष्ट पारिसक्नु भएको छ |
युवा सभासद मध्ये व्यवस्थापिका संसदमा निरन्तर क्रियाशील र जिल्लाको विकास एवं सम्मानजनक प्रतिनिधित्वका लागि गर्व गर्न लायक हैसियत बनाईसकेका माननीय खतिवडाको बढ्दो लोकप्रियतालाई बदनाम गराउने र निजको चरित्र हत्या गर्ने उद्देश्यले प्रायोजित रुपमा यस्तो अफवाह फैलाइएको हुनसक्ने हाम्रो निष्कर्ष छ | हरेक व्यक्तिको स्वाभिमान हुन्छ | प्रत्येक घटनाको न्यायोचित छानबिन गरी त्यसको प्रमाणको आधारमा कसैलाई दोषी ठहर गर्ने प्रक्रिया हुन्छ | हामी जसले यो हर्कत गरेको हो त्यसको सत्य,तथ्य बुझी दोषीलाई कारवाही हुनुपर्छ भन्ने माग गर्दछौं | तर विना प्रमाण कोही कसैलाई पनि बदनाम गराउने नियतले यस्तो अफवाह नफैलाउनु हुन सबैलाई अनुरोध गर्दछौं | साथै माननीय रामहरी खतिवडाको सार्वजनिक व्यक्तित्वमा आँच पुग्ने गरी भएको प्रचारवाजीको हामी भर्त्सना गर्दछौं |
हामी माननीय खतिवडालाई यस्ता अफवाहका कारण कति पनि हतोत्साहित र विचलित नभई देश र जनताका निम्ति निरन्तर क्रियाशील भैरहन अनुरोध समेत गर्दछौं |
हाल अमेरिकामा रहेका माननीय खतिवडाका शुभेच्छुक ओखलढुंगेहरुको तर्फबाट,
१. राजा घले, पर्यटन दूत एवं समाजसेवी (हाल: एटलान्टा,जर्जिया)
२. अशोक गुरुङ, पूर्व महासचिव, रुम्जाटार गुरुङ सेवा समिति एवं पूर्व सभापति, नेपाली जनसम्पर्क समिति,सियाटल (हाल: न्यूयोर्क,अमेरिका)
३. आङ्गकामी शेर्पा,संस्थापक अध्यक्ष, प्रवासी नेपाली एकता समाज अमेरिका (हाल: न्यूयोर्क,अमेरिका)
४. गम्बु शेर्पा, गायक एवं पूर्व अध्यक्ष नेपाल अमेरिका कलाकार संघ (हाल: न्यूयोर्क,अमेरिका)
५. यादव दाहाल, पूर्व महासचिव, राष्ट्रिय साङ्केतिक भाषा दोभाषे संघ,नेपाल (हाल: क्यालिफोर्निया,अमेरिका)
६. दिनेश पोखरेल, पूर्व वरिष्ठ उपाध्यक्ष, नेप्लिज एशोसियसन अफ नर्दर्न क्यालिफोर्निया,अमेरिका (हाल: सन् फ्रान्सिस्को,अमेरिका
७. हरिप्रिया ढुंगेल, सचिव,नेपाली जनसम्पर्क समिति,अमेरिका म्यासाचुसेट्स च्याप्टर (हाल:बोष्टन,अमेरिका)
८. गौतम दाहाल, पूर्व अध्यक्ष,नेपाल अमेरिका पत्रकार संघ एवं केन्द्रीय सदस्य,नेपाली जनसम्पर्क समिति,अमेरिका (हाल: बाल्टिमोर,अमेरिका)

प्रतिक्रिया