बिहीबार, असार ३ २०७८
काठमाडौं २३:२४
वासिङटन डिसी 13:39

युवा- अन्तरकृया तथा टिपीएस कार्यक्रम

इनेप्लिज २०७३ पुष ५ गते ०:२४ मा प्रकाशित

img_6999

शनिवार डिसेम्बर १२, २०१६- ओम शक्ति मन्दिर ज्याक्सन हाइट्स (४१-१५  ७२ स्ट्रीट)मा ग़ैर आवासीय नेपाली राष्ट्रिय समन्वय समिति युएसए युवा फोरमद्वारा युवा अन्तरकृया तथा टीपीएस कार्यक्म संचालन गरिएको थियो। आयोजित कार्यक्रमको सभापतित्व एनआरएनएनसीसी युएसए न्युयोर्क च्याप्टरका अध्यक्ष टेम्वा शेर्पा ले गर्नु भएको थियो भने संयोजन एनआरएनएनसीसी युएसए राष्ट्रिय समन्वय समिति युएसए युथ कोअर्डिनेटर वर्षा मोक्तानले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता नेपाली महावाणिज्य दूतावास प्रतिनिधि वाणिज्यदूत कृशु क्षेत्रीले गर्नु भएको थियो। प्रमुख अतिथि एवं विशेष वक्ता (Pinalist) को रूपमा कृशु क्षेत्रीले युवा स्वाभाविक रूपले अग्रगामी प्रकृतिका हुन्छन् ।

img_7001

इतिहासमा अल्झिनु भन्दा भविँश्यतर्फ उन्मुख रंहन्छन् । नेपाली संघसंस्थाले परम्परागत कार्यशैलीवाट रूपान्तरित नगरेसम्म संसारको कुनै ठाउँमा पनि युवा सहभागिता नहुने निश्चित छ। युवाको आकर्षण गराउन युवाहरू प्रतक्ष लाभान्वित हुने कार्यक्म अगाडि ल्याउनु एनआरएनएनसीसीका प्रथमिकता रहोस भन्ने सुझाव दिनु भयो ।  कार्यक्रमको उदेश्य युवालाई कसरी फ़ायदा पुर्याउन सकिन्छ भन्ने हो र सलमा सवैले ध्यान दिनु पर्दछ भन्ने दृष्टिकोण कार्यक्रमको सभापतित्व गर्र्दै एनआरएनएनसीसी युएसए न्युयोर्कमा अध्यक्ष टेम्वा शेर्पाले गर्नु भएको थियो । विशेष वक्ताको रूपमा ग़ैर आवासीय नेपाली राष्ट्रिय समन्वय समिति का विवर्तमान अध्यक्ष सुपर लयर खगेन्द्र क्षेत्रीले विशेष वक्ताको रूपमा (Pinalist) टीपीएस ( टेम्पोररी प्रोटेक्टेड स्टाटस) का वारे विस्तृत जानकारी गराउनु भएको थियो। टीपीएस सुविधावाट विशेषत नेपाली विद्यार्थी लाभान्वित हुन सक्दछन. वर्क परमिट उपलब्ध हुने हँदा आर्थिक कठिनाइकाकारंण पढ़ाई छोड्नु पर्ने वा स्टुडेन्ट स्टाटस क़ायम राख्ने समस्यावाट मुक्त हुन्छन् भन्ने क़ानूनी प्रावधान वारे प्रकाश पार्नु भयो । एनआरएन एनसीसी युएसएका उपाध्यक्ष वन्दना कोइरालाले युवा सहभागिताको महत्ववारे प्रकाश पार्नु भयो। प्रवासमा नेपाली पहिचान, भाषा एवं सांस्कृतिक प्रवर्धन, मातृभूमीसंगको प्रेम र आत्मीयता, दक्षताको विकास, समुदायको विकास, रचनात्मक कार्यमा संलग्नता, खरावलत र संगतवाट टाढा, अमेरिकामा उपलब्ध सरकारी वा अन्य संघ संस्था वा कर्पोरेसन संग समन्वय र सम्पर्क विस्तार, अमेरिकी राजनीतिकों मूल प्रवाहमा संलग्नताका साथै नातृभूनि प्रति विशेष योगदान पुर्याउन सक्नेछन् । युवा सहभागिता कसरी ल्याउन सकिन्छ भन्नेकुरा चुनौतीपूर्ण रहेको र भाषा कक्षा, साँस्कृतिक विविधता झल्किने कार्यक्म, युवा तथा अभिभावक विच इन्टरजेनेरेसनल वार्ता कार्यक्म, लेखन, चित्रकला पर्दरसनी, मेन्टरिगं तथा जव फ़ेयर प्रोग्राम र युवा समन्वयमा विशेष जोड़ दिनु पर्ने राय राख्नु भएको थियो र एनआरएनएनसीसीले यसका लागि क़ार्यरत रहेको जानकारी गराउनु भयो । नेपाली अमेरिकन नर्सेज एसोसिएसनका अध्यक्ष (नाना) की अध्यक्ष नीमा शेर्पा (Ngima Sherpa) ले विशेष वक़्ता (Pinalist) को रूपमा नरसिगं एसोसिएसनले नेपालमा महाभूकम्प २०७२ को दैविक प्रकोपमा नरसिगं एसोसिएसनको उदारकार्यको चर्चा गर्दै युवा पराविधिक जनशक्तिको महत्वपूर्ण योगदान रहेको वताउनु भयो । युवाहरूलाई नरसिगं क्षेत्र आर्थिक रूपले आत्मनिर्भर गराउनुको साथै सेवा भावले सन्तुष्टी प्राप्त हुने अनुभव वताउनु भयो। अध्यक्ष शेर्पाले नेपालको नरसिगं सर्टिंफिकेट पनि अमेरिकामा उपयोगी हुन्छ तर यहाँको स्टेट लाइसेन्सको परीक्षा पास गर्नु पर्दछ । नरसिगं क्षेत्रमा धेरै काम पाइने सम्भावना रंहन्छ । यसर्थ युवाहरूलाई यक्ष क्षेत्रमा अभिप्रेरित गर्दै नानाले सदैव आवश्यक सहयोग र सुझाव पुर्याउने प्रतिवद्दता व्यक्त गर्नु भयो।

img_7002

युवा संलग्नतावारे स्वराज ख़ातिले नयाँ प्रविधि, सीप र दक्षताले युवा पुस्ताले जुनसुकै कामना अत्याधिक उपलब्धि हासिल गर्नसक्ने हुँदा विशेषत युवाहरूलाई अवसर प्रदान गर्नु पर्यो। उनीहरूलाई आकर्षण हुने कार्यक्रम अगाडि ल्याउनु पर्यो भन्ने धारणा राख्नु भयो । एनआरएनएनसीसी युएसए न्युयोर्क च्याप्टरका महासचिव रामहरि अधिकारीले युवा सहभागिता वढाउन युवालाई मन पर्ने कार्यक्म ल्याउनु पर्ने धारणा राख्नु भएको थियो।

आयोजित कार्यक्रमका संयोजक वर्षा मोक्तानले एनआरएनएनसीसी युएसए युथ फोरमले पटक पटक यस क़िसिमको कार्यक्म राख्दै आएको , भविंष्यमा निरन्तरता दिने र युवा सहभागिता वढाउन कार्यक्रमले मात्र पनि नहुने मूलत: अभिभावको पनि विशेष भूमिका रहने धारणा राख्नु भएको थियो। आयोजित सभामा एनआरएनएनसीसी युएसए न्युयोर्कका सभापति टेम्वा शेर्पाद्वारा विशेष वक्ताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

प्रतिक्रिया