शनिबार, मंसिर १३ २०७७
काठमाडौं १६:४२
वासिङटन डिसी 05:57

हिलारीको समर्थनमा जेनिफर लोपेजको फ्लोरिडामा बेजोड प्रस्तुति

इनेप्लिज २०७३ कार्तिक १५ गते ०:२१ मा प्रकाशित

hillary-clinton-presidential-campaigning-miami-usa-29-oct-2016गत अक्टोबर २९ तारिख हिलारीको पक्षमा समर्थन जुटाउन अमेरिकन प्रख्यात गायिका जेनिफर लोपेजले फ्लोरिडाको मियामिमा निशुल्क प्रस्तुति गरिन l कलाकार ,नृत्यांगना ,लेखक तथा निर्मात्री लोपेजले फ्लोरिडा अत्यधिक प्रतिस्प्रद्धात्मक राज्य भएकोले मतदातालाई तान्न उनको निशुल्क प्रस्तुति हेर्न ताती लागेको थियो l झरी र बतास लाई वास्ता नगर्दै दर्शक उनका गित सुन्न लामो समय देखि पर्खेका थिए l र उनको गीत संगै झुमेका थिए l करिब ८ हजार फ्लोरिडा बासीले जेनिफरको कार्यक्रम हेरेका थिए l

jennifer-lopez-hillary-clinton-marc-anthony-1जीवन कालको लागि यो चुनाब महत्वपूर्ण छ भन्दै फ्लोरिडा आफ्नो प्रिय शहर भएको बताएन l लाखौ स्पनिशहरुले निर्णायक निर्वाचन बनाउने बताईन l क्लिप्च एमफि थेटरको बेफ्रन्ट पार्कमा भएको सो सांगीतिक कार्यक्रममा हिलारीले पनि उपस्थिति जनाएकी छिन् l पहिलो आउने लाई पहिलो प्राथमिकताको आधारमा निशुल्क प्रबेश पत्र सुक्रबार साँझ ८ बजे सम्म वितरण गरिएको थियो l

jenniferlopez-700x460४७ बर्षिय लोपेज ले गत बर्ष नै हिलारीलाई समर्थन गरेकी थिइन् भने लोपेजका अत्यधिक चर्चित गित लेट्स गेट लाउड एंड अन द फ्लोर जस्ता गीत गाइन l यसै गरि अर्का कलाकार रयापर जे जी ले निर्वाचनको अघिल्लो दिन क्लेभल्याण्डमा प्रस्तुति गर्ने तय भएको छ भने अर्का प्रख्यात अमेरिकन गायक बोन जोभी ले पनि पित्ट्स बर्ग तथा फ्लोरिडाको ट्याम्पा मा नोबेम्बर ५ तारिख प्रस्तुति दिने भएका छन् l यसै गरि गायिका पेरीले नोवेम्बर ५ तारिखको दिन फिलाडेल्फियामा क्लिन्टनको समर्थनमा गीत गाउने भएकी छिन् l

jennifer-lopez4

hillary-clinton-presidential-campaigning-miami-usa-29-oct-2016-1

तस्बिर सौजन्य :

जन पारा /फिल्म म्याजिक
एएफपी
एपी फोटो /एन्ड्रु हर्निक

प्रतिक्रिया