शनिबार, असोज ३० २०७८
काठमाडौं ०८:५०
वासिङटन डिसी 23:05

नेपालमा गाईभैसी हेरेकै हो ,पुन :गाइभैसी हेर्न मातृभूमि फर्कने : प्रसिद्ध लोक गायक प्रेम राजा महत

इनेप्लिज २०७३ असार २६ गते २३:४३ मा प्रकाशित

prem raja mahatदुई दशक देखि अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका ख्यातिप्राप्त लोक गायक प्रेम राजा महतले अन्तर्वार्ताको क्रममा नेपालमा आफुले गाईभैसी हेरेको हु भनि कबुल्दै छाती फुलाउदै पुन फेरी गाईभैसी हेर्न मातृभूमि फर्कने बताए l

उनले त्यतिकै संचार माध्यममा प्रचार प्रसारको लागि भनेका हैनन ,उनले नेपालमा आफ्नो गाउँमा गएर गर्ने केहि योजना बताएका छन् l र त्यसको लागि योजना र काम पनि गर्न थालेको बताए l उनले यो कुरा अमेरिकाको डिसी महानगर क्षेत्र वाट सन्चालित रेडियो ज़िन्दगीमा गत जुलाई ९ तारिख नेपालका प्रसिद्ध संचारकर्मि तथा कार्यक्रम प्रस्तोता सरोज केसी ले लिएको अन्तरवार्तामा यसो भनेका हुन् l

प्रसिद्ध लोक गायक महतलले सार्बजनिक रुपमा यसो भन्दै यसमा लुकाउनु पर्ने केहि छैन भने l अहिले सम्म दिएका कैयौ अन्तर्वार्तामा भन्दा पृथक रुपमा प्रस्तुति रहेको उक्त अन्तर्वार्ता निकै काईदा लागेको महत निकै प्रफुल्लित भए l

उनले कार्यक्रम प्रस्तोता सरोज केसीको अन्तर्वार्ता लिने कलाको खुला रुपले प्रशंसा गर्न पछि परेनन् l अन्तर्वार्ताको क्रममा उनले भने पक्षी दिनभर बाहिर आहारको लागि निस्कछ र साँझ परे पछि उसको गुडमा फर्कन्छ भन्दै आफु पनि मातृभूमि फर्कने हल्का संकेत दिए l

यस कुरामा अझ थप गर्दै महतले भने प्रकृति संग फर्कनु पर्छ भन्दै आफु जुन ठाउँमा जन्मे र हुर्के आफुलाई जन्मभूमिको अथाह माया र ममता छ भन्दै आफु पनि त्यहि क्रममा उन्मुख  छु भने l

prem raja mahat 2अन्तर्वार्ताको क्रममा यथार्थतको धरातलमा मानिस उत्रनु पर्छ भन्दै महतले भने आफुले गाउँ घरमा घाँस काटेको चर्चा गरे l गाउँले परिवेसमा हुर्केको मान्छे हु भन्दै घाँस काट्दा बुढी औला काटिएको दाग समेत प्रत्यक्ष प्रसारणमा देखाए l उनले भने म ठुलो सपना देख्दिन भने l

उनले अन्तर्वार्ताको क्रममा श्रोता हरुले फर्माइस गरेका उनका लोकप्रिय गित मध्ये कै पान को पात जस्ता गीत समेत आफुले ल्याएको सारंगी रेट्दै सुनाएका थिए l रेडियोको प्रत्यक्ष प्रसारणमा उनलाई सदैब कालो पोशाक ,रातो कठालो फित्ता (टाई) र सदैब गाला रातो भएको रहस्य तथा अन्य गितका बारेमा सवाल गरेका थिए l महतले सबैलाई चित्त बुझ्दो जवाफ दिएका थिए भने शरीर जस्ताको त्यस्तै फुर्तिलो र अझ आकर्षित देखिएकोमा श्रोता/दर्शकले सोहि दोहोर्याएका थिए l

उनले अन्तर्वार्ता कै क्रममा बिश्वमा भएका संगीत को प्रकृति उस्तै उस्तै हुन् र अन्तिम रुप एकै हुन् भने l तर आफुले नेपालको लोक संस्कृति ,लोक संगीत र नेपालको पर्यटनलाई बिश्व भर पुगाउन लागको बताए l उनले थप्दै भने सारंगीलाई बिश्व भर चिनाउने छु भनि प्रतिबद्धता जाहेर गरे l

prem raja mahat 3उनले बाल्टिमोर क्षेत्रमा नेपाल हाउस भन्ने चमेना गृह खोलेको बताउदै जहाँ ढिडो ,गुन्द्रुक र नेपालका मौलिक खान पाइने भएकोले बिदेशीहरु पनि निकै झुम्मिने बताए l अन्तर्वार्ताको क्रममा कलाकारलाई नेपालमा पलायन भने शब्द ज्यादा प्रयोग गर्ने भएकोले त्यसलाई आफुले मन नपराउने भन्दै कलाकारलाई अमेरिकामा सम्मान दिने भएकोले त्यो सम्मान कलाकारले ग्रहण गरेको बताए

पलायन भने शब्द नकारात्मक लाग्ने बताउदै यस्तो शब्द प्रयोग गरेमा आफुलाई चित्त दुख्ने बताए l अन्तर्वार्ताको क्रम नेपालबाट अमेरिका परिवार ल्याए पछि छोराछोरीलाई पाठशाला भर्ना गर्दा आफै स्वयम् लिएर जाँदा बिद्यालयको प्रधानाचार्यले महतलाई तिम्रो धर्म कहिले नछोड्नु ,संस्कृति नछोड्नु ,देशको माया पनि नछोड्नु ,अमेरिका बसेता पनि नेपाल मै रहनु ,तिमि घरमा अंग्रेजी नबोल्नु ,छोराछोरी संग पनि अंग्रेजी नबोल्नु उनीहरुले आफै सिक्छन भनेको कुराले मन छोएको बताए l

अमेरिका आफु कसरि आएको सन्दर्भ को चर्चा गर्दै आफु कार्यक्रम प्रस्तुति को लागि जर्मनी बाट टेक्सास ,र टेक्सास बाट डिसी आएको चर्चा गदै एक आमा जस्ती अमेरिकन महिलाले यतै बस्नु भने पछि आफु बसेको गाठो खोले l

गफिने क्रममा महतले आफु काम नगरी कहिले बस्दिन भन्दै आफु १८ घण्टा सम्म हिंड्ने बताए l आफुले सुख भए पछि मानिस दुख भुल्छन भन्दै आफुले दुख गरेको बताउदै आफु भोलि मानवयान चढे पनि आफुले धरातल नबिर्सने संस्मरण गराए l

prem raja mahat 1

प्रतिक्रिया