शनिबार, असोज ३० २०७८
काठमाडौं ०९:०६
वासिङटन डिसी 23:21

मेस्सीलाई २१ महिनाको जेल सजाय

इनेप्लिज २०७३ असार २२ गते १२:३५ मा प्रकाशित

lionel-messi-sad-650x390

काठमाडौं, २२ असार । विश्व फुटबल स्टार लियोनल मेस्सीलाई २१ महिनाको जेल सजायँ सुनाइएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार अर्जेन्टिनाका कप्तान एवं स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर मेस्सीलाई कर छली गरेको अभियोगमा दोषी ठहर गर्दै २१ महिनाको जेल सजाय सुनाइएको हो ।

स्पेनिस मिडियालाई उद्धृत गर्दै बीबीसीले भनेको छ– ‘मेस्सी र आर्थिक मामिला सम्हाल्दै आएका उनका पिता जोर्जलाई सन् २००७–२००९ को बीचमा स्पेनमा ४५ लाख डलर कर छलेको अभियोगमा स्पेनस्थित बार्सिलोनाको एक अदालतले दोषी ठहर गरेको हो । उनले ट्याक्स लुकाउन बेलिज र उरुग्वेको समेत सहारा लिएका थिए ।’

स्पेनको कानुनमा दुई वर्षभन्दा कम जेल सजाय भएका अभियुक्तले जेल जानुपर्दैन् । जसअनुसार मेस्सी र उनका पिता जले भने जानुपर्ने छैन् । उनीहरु प्रशासनको निगरानीमा जेल भुक्तान गर्न सक्छन् ।

प्रतिक्रिया